• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बलात्कारीलाई छुटाइदिन्छौं भन्दै १ करोड बार्गेनिङ गर्ने प्रहरी खोरमा

  •    शुभेच्छा न्यूज  /२५ फाल्गुन २०७७, मंगलवार ०९:४८ ,  प्रकाशीत
  • जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिन्छौं भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका-८ बस्ने ५८ बर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका-१ स्थायी घर भएका ३९ बर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेका छन् ।

    जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाइ दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भनी झुट्टो आश्वासन दिइ बिश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिइ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

    उनीहरु उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.