यात्रुबाहक बस दुर्घटना हुँदा मकवानपुरमा तीन जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा झापाबाट काठमाडौँतिर आइरहेकाे ना ४ अ ५१४९ नम्बरको बस र पूर्वतिर जाँदै गरेकाे ना ६ ख ८९ नम्बरको ट्रकसँग ठाेक्किएकाे थियाे ।
दुर्घटनामा बसका चालक वीरगञ्ज-१५ का ३५ वर्षीय मदन थापा क्षेत्रीसहित यात्री भारत सिस्वाकाअभयलाल कुसुवाह र भारत बिहारका सुनिल कुमारकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूकाे उपचार चितवनकाे भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा भइरहेकाे छ ।

Related