• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पर्यटन ; विदेशी पर्यटकको आगमन नबढ्दा ब्यवसायीलाई सकस

"व्यवसायमा आबद्ध १० लाखदेखि १५ लाखले रोजगारी गुमाए "
  •    शुभेच्छा न्यूज  /२ चैत्र २०७७, सोमबार ०९:१४ ,  प्रकाशीत
  • मुलुकको दोस्रो पर्यटकीय नगर पोखराको पर्यटन व्यवसाय अझै लयमा फर्किन सकेको छैन । तुलनात्मक रूपमा कोरोना महामारी कम हुँदै गए पनि विदेशी पर्यटक नै आउन नसकेपछि पोखराको पर्यटन क्षेत्रले गति लिन नसकेको हो ।

    पोखरामा अहिले आन्तरिक पर्यटकको चहलपहल केही बढेको देखिए पनि विदेशी पर्यटक आउन सकेका छैनन्, जसको प्रभाव पोखराका सानाठूला सबै किसिमको पर्यटन व्यवसायमा परेको छ । विशेषगरी बाह्य पर्यटकलाई नै लक्षित गरेर खोलिएका होटेल, रेस्टुराँ, ट्राभल एजेन्सीदेखि नेपाली उत्पादनका लत्ताकपडा र हस्तकला व्यवसायमा पर्यटक अभावले बढी असर पारेको छ ।

    सांग्रिला भिलेज पोखराका आवासीय व्यवस्थापक गुप्त गिरीले अहिले पनि पर्यटन व्यवसाय शून्यकै अवस्थामा रहेको बताए । सातामा २÷३ दिन जति थोरै मात्रामा आन्तरिक र पीसीआर परीक्षण गरेर हवाई मार्गबाट केही भारतीय पर्यटक आउने बाँकी दिन होटेल सुनसानप्रायः रहने गरेको उनको भनाइ छ । विदेशी पर्यटकको आगमन नबढ्दासम्म होटेल, रेस्टुराँजस्ता नाफामा जान नसक्ने उनले बताए ।

    व्यवसायीलाई थप घाटामा जान नदिन बोर्डरमै पीसीआर परीक्षण गरेर भारतीय पर्यटकलाई उनीहरूकै गाडीसहित नेपाल आउन सक्ने व्यवस्था गर्नुपर्ने र अन्य देशबाट आउने पर्यटकका हकमा समेत खोप लगाइसकेकाहरूलाई सहज प्रवेश दिनुपर्ने उनले सुझाव दिए ।

    नेपालमा हाल पर्यटन व्यवसायमा आबद्ध १० लाखदेखि १५ लाखले रोजगारी गुमाएको सरकारी तथ्यांक छ ।

    पोखरामा पर्यटकको बढी चहलपहल हुने फेवाताल, लेकसाइड, गुप्तेश्वर गुफा, पातले छाँगो, विन्ध्यवासिनीलगायत क्षेत्रमा समेत विदेशी पर्यटक नहुँदा व्यवसाय ५० प्रतिशतसम्म घटेको व्यापारीहरू बताउँछन् ।

    पातले छाँगो बाहिर नेपाली हस्तकलाको व्यापार गर्ने सरु पोखरेलले बन्दाबन्दीपछि बजार खुलेपछि हालसम्म सामान किन्न आउने विदेशी अनुहार नदेखिएको बताइन् । ‘यस्ता सामान नेपालीभन्दा विदेशी पर्यटकले नै किन्ने गर्थे, अहिले त विदेशी आएका छैनन्,’ उनले भनिन्, ‘त्यसैले पसल खोल्ने र बस्ने काम मात्र भएको छ ।’ उनका अनुसार यति बेला पोखरामा हस्तकलाका सामग्रीको व्यापार ७५ प्रतिशतले घटेको छ ।

    त्यसैगरी विदेशी पर्यटक नहुँदा पर्यटक बोक्ने ३० प्रतिशत बसले मात्रै काम पाएका छन् । त्रिथुंगा ट्राभल एजेन्सी पोखराका अनुसार नेपाल र भारतबाहेक तेस्रो मुलुकका पर्यटकको अभावमा पर्यटक बोक्ने बसले काम पाउन सकेका छैनन् । बस नचल्दा ४० जना चालकलाई बिदा गरिसकिएको कम्पनीले बताएको छ ।
    abhiyandaily.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.