पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु
"कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउसो अभ्यासका क्रममा नेपाली सेनाका जवानले उडाएको प्याराग्लाइडिङ दुर्घटना हुदा धादिङ घर भएका राजाराम मगरको मृत्यु भएको हो ।
प्याराग्लाइडिङ दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिए ।
नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेलामा प्याराग्लाइडिङ दुर्घटना भएको उनले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलााई उपचारकालागि पोखरा ११ रानीपौवास्थित सैनिक अस्पतालमा लगिएकोमा त्यही उपचारको क्रममा साँझ निधन भएको डिएसपी हमालले बताए ।
Related