• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पौडेल वंश महासंघको सम्मेलनको तयारी पूरा

  •    शुभेच्छा न्यूज  /६ चैत्र २०७७, शुक्रबार ०९:२५ ,  प्रकाशीत
  • पौडेल वंशको थातथलो ललितपुरको सिस्नेरीमा चैत ७ गते हुन गइरहेको पौडेल वंश महासंघ, वाग्मती प्रदेशको प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

    शनिबार हुने सम्मेलनको तयारीबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रममा सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि केन्द्रीय स्तरबाटै प्रचार प्रसार समिति, व्यवस्थापन र आर्थिक गरी तीन समितिहरु निमार्ण गरिएको छ ।

    त्यसका अलवा सबै केन्द्रीय सदस्य र वाग्मती प्रदशे सदस्यहरुको सक्रिय सहभागिता रहेको छ ।

    व्यवस्थापन समिति अन्तर्गत पौडेल वंश महासंघ ललितपुर अध्यक्ष बसन्त पौडेलको संयोजनमा स्थानीय स्तरमा ८ वटा उपसमिति निमार्ण समेत निमार्ण गरिएको जानकारी दिइयो

    दुई सत्रमा सम्पन्न हुने सम्मेलनको प्रथम सत्रको उद्घाटन पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष लोकनाथ पौड्यालले गर्नेछन् भने वाग्मती प्रदेशका संयोजक एवं केन्द्रीय उपाध्यक्ष दीपक प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न हुने जनाईएको छ ।

    वाग्मती प्रदेशका संयोजक एवं केन्द्रीय उपाध्यक्ष दीपक प्रसाद पौडेलले वाग्मतीको प्रथम सम्मेलनबाट प्रजातान्त्रिक पद्धती अपनाएर प्रदेश समिति, वंशावली निमार्ण समिति र कुल पजा समिति गरी तीनवटा समितिहरु निमार्ण गरिने बताए ।

    सम्मेलनमा ललितपुर जिल्लाका स्थानीय पौडेल बन्धुहरु, वाग्मती प्रदेशबाट केन्द्रीय समितिमा आबद्ध २३ जना बन्धु तथा काठमाण्डौं र भक्तपुर गरी तीन जिल्ला तथा प्रदेश अन्तर्गतका १३ वटै जिल्ला समितिहरु तथा ती जिल्लाका विभिन्न गाउँपालिका समितिबाट समेत गरी २५० बढी प्रतिनिधि परिवेक्षकहरुको समेत उपस्थिति रहने बताइएको छ ।

    देशका विभिन्न भागमा छरिएर रहेका पौडेल बन्धुहरुलाई एउटै छातामुनी समेटेर भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्य अनुरुप २०७५ मंसिर २७ गते मोरङ जिल्लाको सुन्दर हरैंचामा १८ सदस्यीय पौडेल कुल वंश संस्था राष्ट्रिय समिति गठन भएको थियो ।

    सो समितिको आयोजनामा २०७६ असार १ गते चितवन जिल्लाको देवघाटमा भएको पौडेल कुल वंश संस्थाका प्रतिनिधिहरुको राष्ट्रिय भेलालले लोकनाथ पौड्यालको अध्यक्षतामा ७७ सदस्यीय पौडेल वंश महासंघ नेपाल गठन गरेको थियो ।

    यहि केन्द्रीय समितिको पहलमा ७ वटै प्रदशे र ७७ वटै जिल्लामा सहासंघका संस्थाहरु विस्तार गर्दै पौडेल बन्धुहरुलाई एकताबद्ध गर्ने कार्यमा सघं निरनतर रुपमा लागेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.