• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, २ घाइते

  •    शुभेच्छा न्यूज  /८ चैत्र २०७७, आईतवार १०:३४ ,  प्रकाशीत
  • मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार मनाङको नासों गाउँपालिका ३ मा दुर्घटना भएको थियो ।

    दुर्घटनामा २ जना घाइते भएको त्यसमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेका ३ जनाको घटनास्थलमा, उपचारका लागि लमजुङ ल्याउँदै गर्दा २ जना र चितवनमा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।

    घटनास्थलमै मृत्यु हुनेमा नासों गाउँपालिका ४ का ७ वर्षीय लिउन गुरुङ, सोही गाउँकै ३५ वर्षीय मनिषा गुरुङ र ३६ वर्षीय लालकाशी गुरुङ छन् ।

    उपचारका लागि लमजुङ ल्याउँदै गर्दा मृत्यु हुनेमा लमजुङकै मर्स्याङ्दी गाउँपालिका ५ का लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका ४ का धनमान विक भएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए ।

    लमजुङमा मृत्यु भएका नेपाली ट्रकका सहचालक पनि भएको उनले बताए ।

    घाइते ३ जनालाई लमजुङबाट थप उपचारका लागि चितवन रेफर गरिएको थियो । त्यसमध्ये राति थप एकजनाको चितवनमा उपचारको क्रममा मृत्यु भएको खड्काले जानकारी दिए । मृत्यु हुनेमा ७ वर्षीय थिउन गुरुङ हुन् ।

    चितवनमा उपचार भइराखेकामध्ये ७ वर्षीय निहल गुरुङको अवस्था सामान्य छ । तर, ट्रकका चालक तनहुँ भानुका २१ वर्षीय सुमन तामाङको अवस्था गम्भीर छ ।’

    गाउँमा अस्फाल्ट पिच गर्न लैजाँदै गरेको सिमेन्टवाहक ट्रक दुर्घटनामा परेको हो । ध १ ख ५९२ नम्बरको मालवाहक ट्रकमा २ जना चालक दलसहित ८ जना सवार थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.