• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा गोली काण्ड ; ‘मनोजलाई गोली प्रहार गर्ने राजकुमार पक्राउ’

"गोली प्रहार भएको चिकित्सक र प्रहरीले मान्त तयार नभएपनि विकले आफुमाथी गोलीनै प्रहार भएको जिद्धी  "
  •    शुभेच्छा न्यूज  /३० चैत्र २०७७, सोमबार ०९:०८ ,  प्रकाशीत
  • गत माघ २७ गते पोखराको महतगौडामा मनोज विकमाथी अज्ञात ब्याक्तिबाट गोली प्रहार भयो ।

    विजुलीको पोलमा चढेर काम गरिरहेका मनोज घाइते भए । आफुमाथि अज्ञात ब्याक्तिले गोली प्रहार गरेर भागेको भन्दै उनी मोटरसाइकल चलाएरै वडा प्रहरी कार्यलय वैदाम पुगे ।

    घट्नाका वारेमा सवै फेरहिस्त प्रहरीलाई सुनाए । प्रहरीले विकलाई लागेको घाउ हे¥यो ।तर, उनले गोली प्रहार भएको बताए पनि प्रहरीले विश्वास गरेन् ।

    विकको अगाडी पेटबाट कोखा हुदै पिठयुसम्म छेडिएको प्वाल भएकाले प्रहरीले तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज पठायो । गण्डकी मेडिकल कलेजका चिकित्सक पनि गोली प्रहार भएको मन्न तयार भएन् ।

    उनीहरुले गोली प्रहार नभई धारिलो हतियार प्रहार भएको हुनसक्ने आशंका गरेका थिए ।

    घट्ना लगत्तै अस्पताल पुगेका जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुवास हमालले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ उदृत गर्दै गोली नभई धारिलो हतियार प्रहार भएको भनी जानकारी दिएका थिए ।

    घट्नामा गोली प्रहार भएको चिकित्सक र प्रहरीले मान्त तयार नभएपनि विकले आफुमाथी गोलीनै प्रहार भएको जिद्धी गरेका थिए ।

    उनले आफु एक्लै विजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा मोटरवाइकमा आएको अज्ञात ब्याक्तिले विनाकारण गोली प्रहार गरेर भागेको भनी प्रहरीलाई बयान दिएका थिए ।

    पर्वत मोदी ८ चित्रे घर भई पोखरा २४ कार्की तहरा बस्दै आएका बिक माथी गोली प्रहार गरेको आरोपमा प्रहरीले दुई महिनापछि पोखराबाट एक ब्याक्तिलाई पक्राउ गरेको हो ।

    मनोज माथी गोली प्रहार गरेको आरोपमा बाराको बरियापुर घर भई पोखरामा मेटल सम्बन्धी काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई पोखराको सिम्पानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

    पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउण्ड गोली, पर्स र एक मोबाइल बरामद गरेको एसपी श्रेष्ठले बताए ।

    गाली प्रहारबाट घाइते भएका मनोज करिव १ दशकदेखी पोखरामा इेलेक्टीसियनको काम गर्दै आएका थिए ।

    आफ्नो दैनिकी चलाउनका लागि विहानदेखि साँझसम्म नै काममा ब्यास्त हुन्थे,उनी । सधैं जस्तै त्यस दिन पनि विक पोखरा १७ स्थित महतगौंडामा विजुली वयेरिङको काममा साँझसम्मनै ब्यास्त थिए ।

    दिन भरी मधुरो लागेका घामले डाँडा काटेको पनि ढेड घण्टा काटदै थियो ।साँझ छिप्पिदै थियो । उनी बिजुलीको पोलमा चढेर तार कस्दै थिए । यसै बेला उनी चढेको बिजुलीको पोल नजिक एउटा मोटरसाइकल रोकियो ।

    उनी चडेको पोलको आडमै रोकेको मोटरसाइकलबाट झरेर एक युवाले गोली प्रहार गरी त्यहाँबाट कुलेलम ठोके ।

    गोली प्रहार पछि उनी पोलबाट भुइमा खसे । आफुमाथी गोली प्रहार भयो, भन्दै हारगूहार गरे । तर, गोली हानीएको ठाउँ घर भन्दा अली टाढा भएकाले स्थानीय त्याहाँ पुग्दा गोली हान्ने ब्याक्ति फराहार भइसकेका थिए ।

    गोली प्रहार लगत्तै घाइते भएका विक आफैले मोटरसाइकल चाएर वडा प्रहरी कार्यलय पुगे । उनले प्रहरी समक्ष घट्नाका वारेमा फेरहिस्त सुनाए । तर, प्रहरीले गोली हानिएको विश्वासै गरेन् ।

    घट्नामा घारिलो घरेलु हतियार प्रहार भएको प्रहरी ठम्याई थियो । घाइते विकको उपचार प्रक्रिया लम्विएसंगै घट्नालाई गम्भिररुपमा अनुसन्धान गरिरहेको प्रहरीले आइतबार बिहान एक ब्याक्तिलाई पोखराबाट पक्राउ गर्न सफल भयो ।

    गत माघ २३ गते साँझ ७ बजेको समयमा बिक माथी गोली प्रहार गरी फरार पाण्डेलाइ हुलियाका आधारमा पाखराबाटै पक्राउ गरिएको प्रहरी प्रमुख, एसपी श्रेष्ठले बताए ।

    घाइते बिकले दिएको हुलियाको आधारमा पाण्डेलाई पोखरा आउनासाथ प्रहरीले पक्राउ गरेको उनले बताए । उनले पाण्डे अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको बताए ।

    ‘घटनापछि फरार भएका पाण्डे पुनः पोखरा फर्किए लगत्तै पक्राउ गरेका हौ’ उनले भने । ‘उसको अन्य अपराधिक घट्नामा संलग्नताका वारेमा प्रहरी अनुन्धान अगाडी बढाएको छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.