• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टोल टोलमा खेल मैदान आवश्यकः सांसद बराल

  •    शुभेच्छा न्यूज  /४ बैशाख २०७८, शनिबार १९:१० ,  प्रकाशीत
  • पोखरा महानगरपालिका, १८ स्थित भकुण्डेमा आज (शनिबार) सम्पन्न भएको बिद्यालय स्तरीय छात्र तर्फको शान्त मावि र छात्रा तर्फ भने जनप्रिय माविले उपाधि जितेको छ ।

    शनिबार भएको फाइनल खेलमा शान्त माविले कृष्तीको भविश्य निर्माण माविलाई ३—० को सोझो सेटमा पराजित गर्दै उपाधि सहित १८ हजार हात पारेको हो । उपविजेता भएको भविश्य निर्माण माविले १२ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

    त्यस्तै शान्त माविको भलिवल कोर्टमा भएको छात्रा तर्फको फाइनल खेलमा जनप्रिय माविले धार्दिङको कालिका आधारभूत बिद्यालयलाई ३—२ को सेटमा पराजित गर्दै उपाधि सहित १२ हजार नगद पुरस्कार प्राप्त गरेको हो ।

    उपविजेता भएको कालिका आधारभूत बिद्यालयले ८ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा छात्र तर्फ भद्रकालि मावि तेश्रो, छोरोपाटन मावि शान्त्वना भएको छ भने छात्रा तर्फ शान्त मावि ए तेश्रो, सिद्ध वराह शान्त्वना भएको छ ।

    शान्त भलिवल ट्रेनिङ सेन्टरको आयोजना, भकुण्डे युवा मञ्चको सहयोगमा वैशाख १ गते देखि संचालन भएको छात्र÷छात्रा बिद्यालय स्तरिय भलिवल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ ८÷८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक दीनेश प्रसाद चौधरी, मञ्चका अध्यक्ष सन्तोस अधिकारीले बताए ।

    विजेता खेलाडीहरुलाई समाजसेवी धुर्व बहादुर थापा, संयोजक चौधरी लगायले पुरस्कार वितरण गरेका थिए ।

    यसैबिच उक्त प्रतियोगिताको फाइनल खेलमा रेफ्रिलाई वल हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस्ता प्रतियोगिताले प्रबद्र्धन गर्ने बताए ।

    टोल टोलमा खेलकुद मैदान आवश्यक भएको बताएका सांसद बरालले राज्यको दृर्घकालिन सोचको अभावमा खेलकुदमा प्रगती हुन नसकेको उनले जनाए ।

    भकुण्डेको खेल मैदानको स्तरउन्तीको लागि सहयोग गर्ने बताएका सांसद बरालले युवा शत्तिलाई खेलकुदसंगै सार्वजनिक जग्गाको संरक्षणमा समेत चासो दिन आग्रह गरे ।

    पोखराको फेवातालमा पोखरा महानगरपालिकालाई हटेर गरी हालै निर्माण गरेको पर्खाल सहितको भौतिक संरचनाको अवलोकन समेत गरेका थिए ।

    फेवाताल किनारामा अवैध रुपमा जो कसैले निर्माण गरेको भौतिक संरचना पोखरा महानगपालिका कार्यालयकै सक्रियतामा तत्काल हटाई उनीहरु उपर कारवाही हुनु पर्ने उनको भनाई छ ।

    सांसद बरालले अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको बिषयमा पोखराका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेल लगायतलाई जानकारी गराएका थिए ।

    पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले उक्त मैदान ंसंरक्षणमा केही सहयोग गर्ने बताए ।

    कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले भकुण्डेको भलिवल मैदान मर्मतमा बजेट विनियोजना गर्न प्रतिनिधिहरुसंग आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.