गण्डकी प्रदेशमा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिषणमा ६४७ जनामा कारोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ७४८ जनाको नमुना परीक्षण गरिएकोमा ३४३ पुरुष र ३०४ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १४०, म्याग्दी २४, स्याङ्जा २२५, बाग्लुङ १२७, पर्वत ३, तनहुँ ६४, गोरखा ५६, लमजुङ ५४ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ हजार १४२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या २९ हजार ३७३ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

Related