• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रेस नेता शर्मा भन्छन,पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं

  •    शुभेच्छा न्यूज  /६ श्रावण २०७८, बुधबार १८:१७ ,  प्रकाशीत
  • नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताउनु भएको छ ।

    ३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने उल्लेख गर्नुभयो ।

    कम्युनिष्टले मुलुकलाई धेरै बिगारेको आरोप लगाउँदै उहाँले मुलुक र जनताका लागि काँग्रेसले इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।नेता शर्माले वीपीले देश, प्रजातन्त्र र व्यत्तिको सर्वाेच्चताका लागि पु¥याएको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।

    उहाँले पार्टीको अधिवेशनमा काँग्रेस र प्रजातन्त्रको पक्षमा लाग्नेलाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।नेपाली काँग्रेसका महासमिति सदस्य सोभियतबहादुर अधिकारीले अहंकारका कारण कम्युनिष्ट पतन भएको बताउनुभयो ।

    महिला नेतृ बृन्दादेवी रानाले काँग्रेस नेतृत्वको सरकारले जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

    महासमिति सदस्य देवराज चालिसेले पार्टी भित्र व्यक्तिवादी प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।गण्डकी प्रदेश सभा सदस्य विन्दु थापाले जनताका काममा आफू प्रतिवद्व भएर काम गरिरहेको बताउनुभयो ।

    नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीका सभापति कृष्ण कोइरालाले पार्टीका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस अवसरमा महासमिति सदस्यहरु गुरु बराल, गिरिराज गौतम, ऋषि काफ्ले, केशर निर्दाेषी, वीरेन्द्र नारायण बिजुक्छे, पूर्व क्षेत्रीय सभापतिहरु शोभाचन्द्र बराल, निर्मल प्रसाद कर्माचार्य, कास्की काँग्रेसकी सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, लगायतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.