• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका कानून मन्त्री थापाले मन्त्रीको सेवासुविद्या नलिने

"मन्त्री बनेपछी आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरे "
  •    शुभेच्छा न्यूज  /७ भाद्र २०७८, सोमबार २१:०४ ,  प्रकाशीत
  • महालेखाको सार्वजनिक प्रतिवेदनमा गण्डकी प्रदेशका मन्त्रिले ऐनविपरित २ लाख ६० हजारका दरले भत्ता लिएको उल्लेख छ ।

    प्रदेशमा तत्कालीन नेकपा एमालेका नेता पृथ्बी सुब्बा गुरुङ नेतृत्वको सरकारका सात जना मन्त्रीले ऐनविपरित भत्ता बुझेको खुलासा भएको हो ।

    आपूm सत्तामा रहेको बेला ऐन,कानूनको बेवास्ता गर्दै ऐनविपतरित भत्ता लिने ति नै सांसदका बीचमा यस्ता एजना सांसद छन् जो ऐननियम अनुसार आपूm पाउने भत्ता समेत नलिने र उल्टै पाउने सुविधामा व्यक्तिगत रकम थपेर सामाजिक क्षेत्रमा खर्च गर्ने ।

    गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापा सांसदमा निर्वाचित भएदेखि आफूले पाउने सुविधा लिएका छैनन् ।

    विगतमा उनले पत्रकार सम्मेलन गरेर आफूले पाउने सुविधा जनताको विकास र सेवामा खर्च गरेको सार्वजनिक गरे थिए ।

    २०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा ७ लाख रुपैयाँ ९ हजार रुपैयाँ पाएका थिए । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।

    २०७६ सालमा पनि उनले प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माणको काममा खर्च गरेका थिए ।

    अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन । मन्त्री बनेपछी आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् ।

    आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । उनले पोखरा ३३ भरतपोखरीका युवालाई व्यक्तिगत खर्चमा १५ थान भलिबल र जाली लगायतका सामाङग्री हस्तान्तरण गरे ।

    मन्त्री थापाले खेलकुद सामाग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको बताए ।‘म सांसद हुँदादेखि नै प्रदेश

    सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु,’उनले भने, ‘मन्त्री भएपछि पनि यो क्रम निरन्तर चलिरहेकोछ, नागरिकका हरेक सुखदुःखमा म सँगैछु ।गफ मात्र नभई काममा नै विश्वास दिलाउने गरि निरन्तर कार्य गर्नेछु।’

    मन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पोखरा विभिन्न ठाउँमा विकासका लागि बजेट विनियोजन गर्न सफल भएको दावी गरे ।

    मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफू समर्पित हुने प्रतिबद्धता जनाए ।

    पोखरा महानगरभित्र भएर पनि निर्मल पोखरी र भरपोखरी दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

    उनले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना कामकारबाहीलाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको समेत बताए ।

    गण्डकी प्रदेश केपी शर्मा ओलीको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेस सहितको गठबन्धन सरकार सफल भएको उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.