• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स सेती गण्डकीद्धारा संक्रामक अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान

  •    शुभेच्छा न्यूज  /१५ भाद्र २०७८, मंगलवार २१:५३ ,  प्रकाशीत
  • लायन्स सेती गण्डकीले संक्रामक तथा सरुवारोग अस्पताल लाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    क्लवको समन्वयनमा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध कोरोना रोगको उपचारको लागि आवस्यक ६ लाख मुल्य बरावरका विभिन्न स्वास्थ्य सामाग्री संक्रमक तथा सरुवारोग अस्पताल, लेखनाथलाई हस्तान्तरण गरिएको हो ।

    प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि आवस्यक पर्ने ननइन्भेसिभ भ्यान्टीलेसन बाइपेप ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क १५० थान, नासल प्रोन्ज ५० थान हस्तान्तरण गरिएको क्लबका सचिव एवं कार्यक्रम संयोजक शान्ति श्रेष्ठ उदासले जानकारी दिइन् ।

    सचिव उदासका अनुसार स्वास्थ्य सामाग्रीहरु पोर्टल्याण्ड, अमेरिका निवासी डा.सरोज श्रेष्ठ, डा.रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान बिपप मेसिन र ३० थान बेन्स सर्किट सहयोग गरेका हुन् ।

    त्यसैगरी जर्मनवासी सर्मिला राजभण्डारी (अर्याल) र सीता गुरुङको संयोजनमा १ थान बिपाप मेसिन प्राप्त भएको हो ।

    यसैगरी बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन केसी, अमृत केसी, सीपी भट्ट, बेनि ढुङ्गाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान बिपाप मेसिन उपलब्ध भएको हो ।

    अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजनमा त्यहाँ रहेका नेपालीबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान र बेन्स सर्किट २० थान उपलब्ध भएको सचिव उदासले बताइन् ।

    उपलब्ध सामाग्रीहरु ग्रहण गर्दै अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचनले अस्पताललाई क्लवको संयोजनमा उपलब्ध सामाग्रीले कोभिड संक्रमणका बिरामीहरुलाई उच्चतम सेवा प्रदान गर्न सहज हुने बताए ।

    उनले अस्पताललाई आधुनिक सुविधा सामाग्री उपलब्ध गराएकोमा सहयोगदाताहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।

    क्लबका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर ध्रुव थापा, अस्पतालका व्यवस्थापन समितिका सदस्य प्रा.डा.ध्रुवबहादुर अधिकारी, क्लवका सल्लाहकारद्वय सुनयना पालिखे, सुशीला केसी अधिकारी, जोन चेयरपर्सन अरूणा शेरचन लगायतको उपस्थित रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.