• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माओवादी निकट अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

  •    शुभेच्छा न्यूज  /१५ भाद्र २०७८, मंगलवार १०:४७ ,  प्रकाशीत
  • नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ ।

    क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यसमितिको कार्यकाल पूरा भएकाले ८ देखि १० असोजसम्म सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए । क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो ।

    कोरोना भाइरसका कारण सम्मेलनमा पहिले भएका प्रतिनिधिको संख्या घटाएर भौतिक रूपमा नै गर्ने उनको भनाइ छ । उनका अनुसार सम्मेलनमा ७९९ जना प्रतिनिधि सहभागी हुनेछन् । यसअघि दुई हजार २२२ जना प्रतिनिधि रहेका थिए ।

    ‘कोरोना संक्रमणको कारणले प्रतिनिधि घटाएका छौँ’, उनले भने, ‘त्यसैले भौतिक रूपमा नै सम्मेलन गर्नेछौँ ।’ उनले संक्रमण बढ्दै गए भने भर्चुअल माध्यमबाट पनि सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिए ।

    सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उपाध्यक्ष बस्नेतसहित उपाध्यक्षद्वय पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा र महासचिव उत्तम अधिकारी रहेका छन् ।

    यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी)ले पनि आगामी ६ देखि ८ असोजसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.