• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा फूल व्यवसायीलाई भ्याइनभ्याई ः तिहारमा करिव साढे २ करोडको कारोबार

"तीनजनाले संयुक्तरूपमा फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्म सञ्चालन "
  •    शुभेच्छा न्यूज  /१८ कार्तिक २०७८, बिहीबार १६:०६ ,  प्रकाशीत
  • तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् ।

    हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लाग्नुभएका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिएका हो ।

    रु डेढ करोडको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागेका युवाले अहिले तीन रोपनीमा मखमली र सात रोपनीमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण सुरु गरेका छन् । यमपञ्चक सुरुसँगै अहिले फार्ममा फूल खरिदका लागि ग्राहक पुग्ने गरेका छन् ।

    एउटै सोच र एउटै लक्ष्यका साथ पाइला चालेका पोखरा सिम्पानीका मानवकल्याण पराजुली, मालेपाटनका मदन पौडेल र चितवनका सचिन भण्डारीले साढे दुई वर्षदेखि संयुक्तरूपमा फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्मलाई सञ्चालनमा ल्याएका हुन् । सो फार्ममा अहिले तिहारे फूलअर्थात् सयपत्री फूल र मखमली फूल ढकमक्क फूलेका छन् ।

    यमपञ्चक सुरु भएसँगै अहिले उहाँहरुको व्यस्तता पनि निकै बढेको छ । तिहारको मुखमा बढ्दो सयपत्री फूलको मागलाई व्यवस्थापन गर्न र लगानीलाई मुनाफामा परिणत गर्न युवा आफ्नो जिम्मेवारी बहन गर्न व्यस्त रहका छन् । एग्री बिजिनेसमा एमबीए गरेका युवा पौडेलले तिहारे फूलका लागि बर्सेनि करोडौँ रुपैयाँ भारत जाने समाचारले दुःखी बनाएको भन्दै व्यावसायिक फूल खेतीमा जोड दिएको बताए । उनले भने, “आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने फूलमा पनि हामी परनिर्भर छौँ, सबैले प्रयास गरे यो रकम देशमै रोक्न सकिन्छ ।” उनले बर्सेनि बाहिरिने रकमलाई केही मात्रामा भए पनि देशभित्रै जोगाउने प्रतिबद्धता साथ व्यावसायिक फूल खेती गर्दै आएको बताए ।

    बीबीए गरेर कृषि कर्ममा लाग्नुभएका अर्का युवा पराजुलीले रु चार लाखको लगानीमा १० हजार फूलका बेर्ना सारेको भए पनि यसपालि बेमौसमी वर्षाले गर्दा सबै बेर्ना जोगाउन नसकेको बताए । उनले भने, “यसपालि फूलको बेर्ना भारी वर्षाका कारण जोगाउनै समस्या भयो, फूलको ‘इन्स्योरेन्स’ पनि रहेनछ ।” पराजुलीले कृषिको अन्यमा जस्तै प्लोरिकल्चरको पनि ‘इन्स्योरेन्स’ को व्यवस्था हुनुपर्ने बताए । “प्लोरिकल्चरमा इन्स्योरेन्सको व्यवस्था भयो भने आगामी दिनमा व्यावसायिक फूलप्रति पनि कृषकको आर्कषण अझै बढ्ने थियो”, पराजुलीले भने । यसपालि रु सात लाखसम्मको फूलको व्यापार हुने अनुमान गरिएको उनको भनाइ छ ।

    पराजुलीका अनुसार सयपत्री फूलको मालाको आकार हेरेर रु १५० देखि ३०० सम्म बिक्री भइरहेको गरिएको छ । त्यसैगरी एक किलो फूलको रु ५०० देखि ६०० सम्म थोक तथा खुद्रा बिक्री गरिएको छ । मखमली फूलको भने रु ५० देखि १०० सम्ममा बिक्री गरिएको छ । फूलको माला बनाउनका लागि फार्ममा केही महिलालाई ज्यालादारी काममा लगाइएको पराजुलीले बताए ।

    सरकारले प्रविधिमैत्री कृषि प्रणालीमार्फत कृषि पेसाप्रति युवालाई आकर्षित गर्न सके देश छिट्टै समृद्धिको बाटोमा जाने अर्का युवा भण्डारी बताउछन् । हर्टिकल्चरमा स्नातक गरेका भण्डारीले देशका युवामा कृषिप्रतिको दृष्टिकोणनै सकारात्मक बन्न नसकेको बताए । “हाम्रो देशको माटो कृषिका लागि उर्बर मानिन्छ तर कृषिप्रति युवाको रुचि बढ्न सकेको छैन, सरकारले पनि त्यस्ता कार्यक्रम ल्याएको छैन ।” उनले सबै मिलेर बाँझो जमिनलाई हराभरा गराउने सके कृषिजन्य आयातित वस्तुलाई विस्थापन गर्न समय नलाग्ने बताए ।

    भण्डारीका अनुसार अहिले फार्ममा सयपत्री र मखमली फूलसँगै मेवा, कुरिलो, धानखेती, माछापालन र मौसमअनुसारको तरकारीको खेती गरिएको छ । उनले यसपालि अन्य किसानलाई पनि व्यावसायिक फूलखेतीमा प्रोत्साहित गरेर त्यसको बजार व्यवस्थापनको जिम्मासमेत आफूहरुले लिने बताए । “फूल आयातका लागि विदेशिने रकम रोक्न हामीले आसपासका फार्ममा फूलखेती गर्न अन्य किसानलाई प्रोत्साहित ग¥यौँ, त्यसको बजार व्यवस्थापनको जिम्मा पनि हामीले लिएका छौँ ।” उनले फूल भण्डारणका लागि पनि आफूहरुसँग चिस्यान केन्द्र रहेको जानकारी दिए।
    – जमुना वर्षा शर्मा

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.