पोखरा महानगरपालिका, वडा नं. ८ मा पुनः रुद्रनाथ बराललाई जिताउन अभियान सुरु भएको छ ।
सोमनाथ बराल संयोजक तोक्दै नेकपा (एमाले) वडा नं. ८ इकाई कमिटिको एक भेलाले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
कमिटिको सहसंयोजकमा मुक्तिनाथ चालिसे, किरण गौतम र सपना कुँवर सापकोटा तथा सचिवमा दीपक घिमिरे र उपसचिवमा गिरीधारी अधिकारीलाई चयन गरेको छ । ५ वर्ष सफलतापूर्वक वडा हाँकिसकेका बराललाई पुनः नेतृत्व प्रदान गर्ने वडाबासीको चाहना रहेको संयोजक सोमनाथ बरालले बताए ।
उनका अनुसार शुक्रबारसम्ममा सम्पूर्ण उपकमिटिहरु गठन हुनेछन् । चुनाव हाँक्नका लागि आर्थिक, सांस्कृतिक, महिला परिचालन लगायतका कमिटि गठन गरिनेछ । वैशाख १८ गते, श्रमिक दिवसको दिनबाट उम्मेदवार परिचयात्मक तथा घरदैलो कार्यक्रम सुरु हुने संयोजक बरालले जनाए ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका कारण पार्टीले पुनः रुद्रनाथ बराललाई पोखरा ८ को टिकट दिएको उनले बताए । वडा नं. ८ का लागि खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहेका छन् ।
उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि पोखरा ८ निवासी नै हुन् ।
एमाले पोखरा ८ अध्यक्ष अर्जुन श्रेष्ठले वडामा उम्मेदवारहरुलाई विजयी बनाउन र मेयर तथा उपमेयरमा वडाबाट बढी भन्दा बढी भोटका लागि वडाबासी सक्रिय रुपमा लाग्ने बताए ।
भेलामा अतिथिहरू गण्डकी प्रदेश कमिटि सदस्यहरू नरेन्द्र मित्रकोटी, ध्रुवराज पौडेल र प्रवेशचन्द्र उप्रेती, जिल्ला कमिटि सदस्य तथा वडा ईञ्चार्ज परशुराम बराल, जिल्ला कमिटि सदस्य एवं वडाका सहईञ्चार्जहरु डिल कुमारी पौडेल र रामु गुरूङ, महानगर कमिटि सचिवालय सदस्य, चेतन कार्की लगायतले यसपटक सबै सूर्य ध्वजाबाहक उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताए ।
कार्यक्रममा वडा इकाई सचिव दीपक घिमिरेले सञ्चालन तथा उपसचिव गोविन्द बरालले स्वागत गरेका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५ हजार ७ सय २४ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ६ हजार ७ सय ६४ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा १ हजारभन्दा धेरै मतदाता बढेका छन् ।
पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन १३ सय ४४ सदस्यीय महानगर चुनाव परिचालन कमिटि गठन भईसकेको छ ।

Related