• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७९, बिहीबार २१:०६ ,  प्रकाशीत
  • नेकपा एमाले पोखरा २१ ले वडामा पार्टीको निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।

    एमाले गण्डकी प्रदेश कमिटिका सदस्य चन्द्र बहादुर रोकाहाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रदेश कमिटिका सदस्य केशव आचार्य, जिल्ला कमिटी सदस्य अर्जुन गिरी लगायतले पोखरा २१ मा एमाले सबल, सक्षम र शक्तिशाली रहेको बताउँदै उक्त शानलाई जोगाउन जनमुखी काम गर्नु पर्ने बताए ।

    सबै वडाबासीलाई सुर्य चिन्हमा छाप लगाएर एमालेका उमेदवारलाई जिताउन आग्रह गरे । वडा अध्यक्षका उम्मेदवार दिपक सुवेदीले चुनाव जितेपछि सबैको साथ र सहयोगमा आगामी ५ वर्षमा २१ लाई नमुना वडा बनाउने बताए ।

    वडा कमिटिका उपाध्यक्ष खगराज न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रम वडा कमिटि अध्यक्ष तथा चुनाव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र थापाको अध्यक्षतामा भएको थियोे भने कार्यक्रम सचिव रोशन भट्टराईले संचालन गरेका थिए ।

    पोखरा २६ मा घरदैलो कार्यक्रम नियमित

    पोखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । कार्यक्रममा नेकपा एमाले संगठन प्रमुख खगराज अधिकारीले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धन को औचित्य नभएको बताए ।

    चुनाव प्रचार प्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वजाबाहक सम्पूर्ण उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।

    चुनाव प्रचारप्रसार समिति संयोजक तथा पोखरा २६ वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण

    थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा ध्रुब थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।

    दोस्रो दिन नयाँ बस्ती, पौडेल थर, थापाथर लगायत ठाउँमा घर दैलो गरेका छन् । घर दैलोमा स्थानीय बासिन्दा ९२ बर्षिय रामबहादुर थापाले जनताको मन मन बस्न र बुढा बुढीलाई पाल्ने पार्टी एमाले भएको भन्दै सबैले एमालेमै भोट हाल्ने सुनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.