• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा स्थानिय निर्वाचनमा एमालेका तर्फबाट ३० जनामा गुरुङ उम्मेदवार

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७९, बिहीबार २१:१३ ,  प्रकाशीत
  • आउदो बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा कास्कीको ५ पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षमा ८२ मध्ये नेकपा एमालेले गुरुङ समुदायबाट ३० उम्मेदवार उठाएको छ।

    पोखरा महानगरपालिका, रुपा गाँउपालिका, मादी गाउपालिका, माछापुच्छ«े गाउपालिका र अन्नपुर्ण गाँउपालिका गरी महानगरपालिका प्रमुख १, उपप्रमुख १, गाउपालिका अध्यक्ष ४ जना, उपाध्यक्ष ४ जना र वडाध्यक्षहरु ७२ जना मध्ये पोखरा

    महानगरपालिका उपप्रमुख, मादी गाउपालिका अध्यक्ष उपाध्यक्ष, माछापुच्छ«े गाउपालिका अध्यक्ष, रुपा गाउपालिका उपाध्यक्ष सहित २५ जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको हो।

    एमालेले पोखरा महानगरपालिकामा मञ्जुदेवि गुरुङलाई पुनः उपप्रमुख(उपमेयर), मादी गाउपालिका अध्यक्षमा शिवबहादुर गुरुङ(महेन्द्र), उपाध्यक्षमा कल्पना गुरुङ, माछापुच्छ«े गाँउपालिकाको अध्यक्षमा बिक्रम गुरुङ र रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङलाई पुनःउपाध्यक्षको प्रत्यासी बनाएको हो।

    यसरी नै पोखरा महानगरपालिकाको ३३ वडाहरु मध्ये ८ वटा वडाहरुमा एमालेले गुरुङ समुदायबाट वडाध्यक्षका लागि उम्मेदवार उठाएको छ। जसमध्ये पोखरा महानगरपालिका वडा नं.९ को वडाध्यक्षमा प्रेम गुरुङ,वडा नं. १०मा पवित्रादेवी गुरुङ,वडा नं. ११

    मा मिनबहादुर गुरुङ, १४ मा ढोलबहादुर गुरुङ, १६ मा राजेश गुरुङ, २२ मा प्रकाश गुरुङ, २८मा बैनबहादुर गुरुङ र वडा नं. २९ मा श्रीप्रसाद गुरुङलाई वडा नेतृत्वको जिम्मेवारी दिइएको हो। उनीहरुमध्ये वडा नं.११ का मिनबहादुर गुरुङ र १६ का राजेश गुरुङ यस अघि वडा सदस्य निर्वाचित भएका थिए ।

    सात वटा वडा रहेको रुपा गाउपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनःउपाध्यक्षमा र वडा नं.६का वडाध्यक्ष नारायण गुरुङ पुनः वडाध्यक्षमै दोहोरिएका हुन् ।

    मादी गाँउपालिकामा युवा नेता शिवबहादुर गुरुङ(महेन्द्र)लाई पालिका अध्यक्ष र वडा सदस्य निर्वाचित भई सेवा गरिसकेकी नायिका कल्पना गुरुङलाई उपाध्यक्ष, वडा नं. १ को वडाध्यक्षमा उमरबहादुर गुरुङ(सन्तोष), २ वडाध्यक्षमा पुनः एकाजंग गुरुङ, वडा नं ३

    को वडाध्यक्षमा ज्यामप्रसाद गुरुङ, ५ को वडाध्यक्षमा सुब्बा गुरुङ,वडा नं ७ को वडाध्यक्षमा रामप्रसाद गुरुङ, वडा नं ८ को वडाध्यक्षमा प्रेम गुरुङ र वडा नं. ९ को वडाध्यक्षमा मनोज गुरुङलाई उम्मेदवार बनाइएको छ। १२ वटा वडा रहेको मादीमा अध्यक्ष, उपाध्यक्षसहित ७ वडामा वडाध्यक्षका लागि अवसर दिएको हो।

    यसै गरी ९ वटा वडा रहेको माछापुच्छ«ेमा भने अध्यक्षमा विक्रम गुरुङसहित ४वटा वडाहरुमा गुरुङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छ ।

    वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं १को वडाध्यक्षमा अनुप गुरुङ, वडा नं २ को वडाध्यक्षमा केशकुमारी गुरुङ, वडा नं ५ को वडाध्यक्षमा यामबहादुर गुरुङ र वडा नं ७ को वडाध्यक्षमा अमर गुरुङलाई नेकपा एमालेले उम्मेदवार बनाएकोछ।

    यसैगरी ११ वटा वडा रहेको अन्नपुर्ण गाँउपालिकामा ५ जना गुरुङ नेताहरुले वडाध्यक्षको उम्मेदवारी पाएको छ।

    वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं ७ मा भरतमान गुरुङ,वडा नं ८ मा मिनाकुमारी गुरुङ, वडा नं ९ मा वडाध्यक्ष रमेश गुरुङ, १० मा कुमार गुरुङ र वडा नं ११ बाट वडाध्यक्षमा पुनः हिमबहादुर गुरुङ नेकपा एमाले)ले निर्वाचनमा उम्मेदवार बनाएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.