• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गठबन्धनको चुनावी अभियान ; मतदानको दिन नजिकिएसंगै पोखरा १७ मा घरदैलो तीव्र, मतदातामा उत्सह

  •    शुभेच्छा न्यूज  /२० बैशाख २०७९, मंगलवार ११:१० ,  प्रकाशीत
  • गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् ।

    नेपाली काँग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्य सहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् ।

    ‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामाहामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै उनीहरुको गढ भत्काउने निश्चित छ ।’

    घरदैलोमा उम्मेदवारहरु सहित नेपाली काँग्रेसका नेता गुरु बराल पनि सहभागी छन् । बरालले यो पटक पोखरा १७ मा गठबन्धनले चुनाव जित्ने कुरामा कुनै शंका नरहेको प्रस्ट पारे ।

    ‘त्यसो त यो पटक गठबन्धनकै बलले चुनावजित्नेमा हामी ढुक्क छौँ । यद्यपि यस अगाडिका जनप्रतिनीधि सँग यहाँका मतदाता वाक्क भएका कारण पनित्यसको प्रत्यक्ष लाभ हामीलाई मिल्नेछ ।’ काँग्रेस नेता बरालले भने–‘जनताको कामप्रति गैरजिम्मेवार रहने जनप्रतिनीधिलाई जिताएर वडाबासीलाई फाइदापनि छैन ।’

    त्यस्तै नेकपा एकिकृत समाजबादीका पोखरा १७ का अध्यक्ष पोखरामा १७ मा यस अगाडि एमालेका तर्फबाट जितनिकालेका जनप्रतिनीधिहरुले धेरै अनियमितता गरेको आरोप लगाए । ‘त्यसै त एमालेका जनप्रतिनीधिहरुको खराब कामले मतदाताआजित छन् । फेरि त्यस्तै नेतृत्व वडालाई सुम्पनेवालामा कुनै वडाबासी छैनन् ।’आचार्यले भने–‘अर्कोतर्फ यो पटक गठबन्धनले पनिकाम गर्छ ।’

    सोमबार भ्याङलुङ खोलाबाट शुरु भएको घरदैलो कार्यक्रम सिमलटुंडा हुँदै वाराही टोल पुल्चोक, भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी, शितल चौतारी, रत्यौली (आहालमार्ग) हुँदै पश्चिम दुर्गा मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै आजै छोरेपाटनकै दामोदार खोलाहुँदै संगमपथ चोक, अमले मागै, शितलपथ, तितेपानी, कसेरीबस्तीहुँदै डेभिजफल सम्म पुग्ने कार्यक्रम रहेको घरदैलो कार्यक्रमका सँयोजक प्रकाश सुवेदीले जानकारी दिए ।

    पोखरामा १७ मा गठबन्धनको तर्फबाट अध्यक्षमा देवराज आचार्य सहित सदस्यहरुमा विक्रम भण्डारी, गोबिन्द बराल, रञ्जिता सुबेदी र शोभा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.