• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा–१७ मा गठबन्धनका उमेदवार आचार्यलाइ सघाउन बागी उम्मेदवार बराल को उमेदवारी फिर्ता

  •    शुभेच्छा न्यूज  /२४ बैशाख २०७९, शनिबार ०९:४३ ,  प्रकाशीत
  • पोखरा–१७ बाट वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

    आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन्।

    काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए।

    बरालले आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै महानगरको १७ नं वडामा गठबन्धन र एमाले उम्मेदवारबीच कडा टक्कर हुने अनसमान लगाइएको छ। गठबन्धनबाट सँयुक्त रुपमा उम्मेदवारी दिएका देवराज आचार्यले भनेका छन्, ‘हामीलाई हाम्रै पार्टीको साथीबाट सहयोग नमिल्ला कि भन्ने थियो, तर उहाँले हामीलाई नै सपोर्ट गर्ने निर्णय गरेर हाम्रो जित सुनिश्चित गराईदिनुभएको छ।’

    वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार देवराज आचार्यले भने, ‘उहाँलाई मनाउन पार्टीले लगाएको बलले काम गरेको छ। हामी सँगसँगै चुनावी घरदैलोमा हुनेछौँ।’

    बराललाई स्वतन्त्र उम्मेदवारीबाट फिर्ता गराउनका लागि नेपाली काँग्रेसका नेता धनराज गुरुङले सक्रियता देखाएका थिए।

    गुरुङले अन्तिम समयमा आएर भएपनि पार्टीप्रति सकारात्मक भएर बरालले ठुलो गुन लगाएको प्रतिक्रिया दिए।

    पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन र उम्मेदवारी फिर्ता लिन गरेको आग्रह बरालले स्वीकार्दै गठबन्धनको चुनाव प्रचारमा आफू संलग्न हुने बताएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.