• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको प्लान थिङ्क ट्याङक मार्फत बनाईने छ ; धनराज आचार्य

  •    शुभेच्छा न्यूज  /२४ बैशाख २०७९, शनिबार ०९:३२ ,  प्रकाशीत
  • गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको विकासका लागि थिङ्क ट्याङ्क निर्माण गरि नीति तथा योजनाहरु तय गर्ने बताएका छन् ।

    पोखराका उद्योगी व्यवसायीहरुसंगको छलफलका क्रममा उनले विज्ञहरुको टिम बनाएर योजना तथा विकासका न्युनतम मापदण्डहरु तय गर्ने बताएका हुन् ।

    गलत निर्णयले पछुताउनु भन्दा निर्णय गर्नु अगावै प्रर्याप्त छलफल गर्नु उत्तम हुन्छ भन्ने कुरा प्रति आफु सचेत रहेको आचार्यले बताए ।

    महानगरको नेतृत्वमा रहँदा पाँच वर्षका हरेक सेकेन्डहरुलाई रिजल्टमा परिणत गर्न आफुले एक्सन ओरिन्टेड भएर काम गर्ने बाचा पनि गरे ।

    विकासका लागि पोखराको सामाजिक संरचना र सुचकको गहिरो अध्ययन गरेको उल्लेख गर्दै उनले घोषणापत्र केवल घोषणाका लागि मात्र नभई परिणाममुखी कामका लागि एक बलियो आधारका रुपमा तय गरेको बताए ।

    पोखरालाई बनाउने उपयुक्त प्लान र पोलिसी आफुसंग भएको बताएका उनले अव पोखरा विगार्ने छुट कसैलाई नभएको जिकिर गरे । पोखरेलीहरुको जीवनस्तर माथी नउठेसम्म र गरिखाने वातावरण नबने सम्म अर्थतन्त्रमा सुधार नआउने उमेदवार आचार्यले बताए ।

    महानगरमा ६ सय किमी भन्दा बढि धुलेबाटो भएको, बिचैमा विद्यालय छोड्ने विद्यार्थीहरुको संख्या उच्च रहेको, शुद्ध पिउने पानीको उपभोग तथा उपलब्धताबाट ठुलो जनसंख्या बञ्चित रहेको, बिजुली बत्तिको प्रर्याप्तता नपुगेको, इन्टरनेटको पहुँच नपुगेको, ठुलो

    जनसंख्या घरवाहलमा बसेको, लगानीको सुरक्षा नभएको र विकासका दीर्घकालिन योजनाहरु नबनेको लगायत तमाम समस्याहरु पोखराले भोगिरहेको आचार्यले उल्लेख गरे ।

    तथ्याङ्कगत रुपमा समस्याका चाङहरु पस्किएका उनले यि सवै समस्याको समाधानका लागि एक सवल, सक्षम र कुशल नेतृत्व महानगरमा आवश्यक रहेको पोखरेली उद्योगी व्यवसायीहरुलाई स्मरण गराए ।

    पोखराको औद्योगिक विकासका लागि उपर्युक्त नीतिको आवश्कता औल्याएका उमेदवार आचार्यले आफु उद्योगी व्यवसायीहरुसंग हालेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता पनि जाहेर गरे ।

    पोखराको पर्यटनलाई अन्तराष्ट्रिय बजारसंग जोड्नका लागि व्यवसायी र स्थानिय सरकारसंगसंगै जान आवश्यक रहेको उनले बताए । गुणस्तरिय पर्यटनका लागि पर्यटनमैत्री पुर्वाधारहरु निर्माणमा उनले जोड दिए । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आए मौजुदा पुर्वाधारले नपुग्ने भन्दै व्यवसायीहरुलाई भोलिको भविष्य हेरेर दीगो पुर्वाधार निर्माणका लागि सुझाव दिए ।

    यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले देश विकासका लागि उद्योगी व्यवसायीहरुको निर्णायक भुमीका रहने बताईन् । निजि क्षेत्रसंग हातेमालो नगरेसम्म मुलुकको विकास सम्भव नहुने उल्लेख गर्दै उमेदवार रानाभाटले करको मारमा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

    पोखराका उद्योगी व्यवसायीहरुले उमेदवारहरुसंग आफ्ना व्यवसायीक समस्याहरु समाधानका सम्बन्धमा स्थानिय सरकारको प्रमुख उपप्रमुख बन्दै गर्दा के कस्ता योजनाहरु अगाडी सारिएका छन् भन्ने विषयमा गहिरो चासो राखेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.