• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यस्ता छन गठबन्धनका एकबर्ष भित्र पोखरामा गर्ने प्रतिबद्धता

  •    शुभेच्छा न्यूज  /२७ बैशाख २०७९, मंगलवार ०९:४६ ,  प्रकाशीत
  • elaction

    पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेको नेकपा एकिकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले आफूहरु निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् ।

    उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने कार्यक्रम तय गरेका छन् । एक महिना भित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

    ३ महिना भित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरि भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्नका लागि साझा बस सेवा सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।

    यस्तै महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण, कोठा कोठा चाहार्न नपर्ने एकद्धार नीति तत्काल लागू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने ३ महिनामा गरिसक्ने कार्यक्रम गठबन्धनले बनाएको छ ।

    त्यस्तै ६ महिनाभित्र आमा समुहहरुलाई ‘एक समुह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, परियोजना धितोमा युवा व्यावसायीका लागि १० लाख सम्मको स्टार्ट अपका रुपमा ऋण लगानी गर्ने, अति विपन्नलाई निशुल्क स्वास्थ्य विमा, कृषि उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले न्यूनतम मुल्यमा खरिद गर्ने व्यवस्था गर्ने, पाटी, पौवा, ढुंगेधारा, चौतारी लगायत सम्पदाको संरक्षण गर्न विषेश प्याकेज ल्याउने कार्यक्रम बनाएका छन् ।

    गठबन्धनले जितको खण्डमा महानगरमा कार्यरत विदेशी नागरिकहरुलाई वर्कपरमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, विजनेश ईन्क् युवेशन ल्याव खोल्ने, वेस्ट बैंक मार्फत फोहर खरिद प्रणाली सुरु गर्ने, मेट्रिन ठेगना प्रणाली लागू गर्ने, स्कूल टू वर्क कार्यक्रम

    सञ्चालन, एक घर एक बगैंचा कार्यक्रम, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना, पोखराका प्रसिद्ध तालबाट रारा लगायत प्रमुख

    तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने जस्ता कार्यक्रम निर्वाचित भएको ६ महिनाभित्र गरिसक्ने गठबन्धनका मेयर उपमेयरले प्रतिवद्धता जनाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.