• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेलाको आयोजना

  •    शुभेच्छा न्यूज  /२८ जेष्ठ २०७९, शनिबार १९:१५ ,  प्रकाशीत
  • छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ ।

    आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो ।

    नेपाल पत्रकार महासं कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिए ।

    भेलाले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सह–संयोजक तथा विभिन्न उपसमिति चयन गरेको छ । जसअनुसार मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समितिको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठलाई चयन गरियो ।

    मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा प्रतिभा छनोट समिति गठन गर्ने निर्णय भेलाले गरेको छ । समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ, सदस्यमा विजय नेपाल र पदेन सदस्यमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेका छन् ।

    उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेललाई चयन गरियो । सो उपसमितिको सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ रहेका छन् ।

    मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । वैदेशिक समन्वय उपसमितिको संयोजकमा पूर्व अध्यक्ष केशव पाठक र सह–संयोजकमा सुर्दशन रञ्जित तथा सदस्यमा उमेश पुन चयन भएका छन् ।

    मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । जसको सह–संयोजकमा एम वि आस्था मगर र सदस्यमा शशी कुमार पौडेल तोकिएका छन् ।

    यसैगरी संघ संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका कार्यसमिति सदस्य नारायण शाही तथा सह–संयोजकमा राजु गिरी चयन भएका छन् ।

    प्रचार प्रसार समितिको संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल र सह–संयोजकमा मञ्चका सचिव शशी कुमार पौडेललाई चयन गरियो । कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा मन क्षेत्री तोकिए । यसैगरी सदस्यमा उमा आले मगर र लक्ष्मी जिसी रहेका छन् ।

    भिडियो तथा फोटो व्यवस्थापन उपसमितिको संयोजकमा उमेश पुन तथा सह–संयोजकमा दीपक मुल्मी चयन भए ।

    केही उपसमिति छिट्टै गठन गरिने र उपसमितिलाई पुर्णता दिने जिम्मा संयोजकलाई दिइएको अध्यक्ष बरालले बताए ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको भेलाको सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।

    विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड कार्यक्रम मार्फत मञ्चले लाइफटाइम

    अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.