गण्डकी प्रदेश सरकारले ल्यायो, ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट
"गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट विनियोज "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री बरालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग लगातलाइ प्राथमिकता दिदै आर्थिक बर्ष २०७९।०८०को अनुमानित बजेट प्रदेशसभा समक्ष पेश गरेका हुन ।
अर्थमन्त्री बरालले पेश गरेको अनुमानित बजेट अनुसार आगामी आर्थिक वर्षमा पूँजीगत खर्च तर्फ २२ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी चालुतर्फ १३ खर्ब २६ करोड खर्च हुने अनुमान रहेको छ । बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ । कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।
बजेट चालु आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी रहेको छ । गत अर्थिक बर्षमा सरकारले ३० अर्बको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बरालले गण्डकीलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका छन् ।
त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन । त्यस्तै,सरकारले प्रदेश भित्रका प्रमुख तालहरुको कनेक्सन ट्रायलको विकास गर्ने जनाएको छ ।
यो काम स्थानिय तहहरुको समन्वयमा गरिने उल्लेख गर्दै अर्थमन्त्री बरालले त्यसका लागि आवश्यक बजेट छुट्याएको बताए ।
त्यसैगरी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । अर्थमन्त्री बरालले बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने बताएका हुन ।
त्यसैगरी प्रदेशमा रहेका साहसिक खेलकुद प्याराग्लाइडिङ, बन्जिजम लगायतका खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको अर्थमन्त्री बरालको बताए ।
विगतको बजेटमा व्यवस्था गरिएको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।
प्रदेशका अर्थमन्त्री बरालले कोरोनाका कारण अविभावक गुमाएका बालबालिकाहरूको शिक्षा स्वास्थ्य तथा विविध सुरक्षाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन ।
यस्तै, सामाजिक न्यायका लागि अनाथ बालबालिका तथा पिछडा वर्गका बालबालिकाको शिक्षा स्वास्थ्यका लागि मुख्यमन्त्रीसँग विशेष बजेटको व्यवस्था गरिएको उनले बताए ।
त्यसैगरी प्रदेश सरकारले भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकीमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्नका लागि सरकारले बजेट बिनियोजन गरेको छ ।
भु–उपयोग नीति अनुरुप बाँझो जग्गालाई कृषि कार्यमा उपयोग गर्न प्रदेशमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययनका निम्ति व्यवस्था मिलाएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।
त्यस्तै अर्थमन्त्री बरालले हिमाली तथा दुर्गम स्थानका विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि २ करोड छुट्याएको बताएका छन ।
सरकारले विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय सरकारसंगको सहकार्यमा स्थानिय स्तरबाटै उत्पादन गरिएका बस्तुलाइ अनिवार्य गर्न भएको छ ।
Related