पोखराका मेयर अचार्यको ४३ करोकको सम्पत्ति, पोखरा, काठमाण्डौमा ४ वटा घर
"बित्तिय संस्था लगायतमा विभिन्न कम्पनीमा २५ करोड, ९९ लाख ४५ हजार ६१६ रूपैयाँ सेयर "
तपाईको प्रतिक्रिया





पोखराका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मेयर आचार्यले २ करोड ८५ लाख रूपैयाँ ऋण बैंक, वित्तीय कोष र नातेदारसंग लिएको उल्लेख गरेका छन्। ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार रूपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
मेयर आचार्यले बैंक तथा बित्तिय संस्था लगायतमा विभिन्न कम्पनीमा २५ करोड, ९९ लाख ४५ हजार ६१६ रूपैयाँ सेयर र लगानी रहेको उल्लेख छ ।
मेयर आचार्यले कास्कीको मादीमा निर्माणधिनसुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरमा शेयर रहेको छ । त्यसैगरी उनको तमोर जलविद्युत आयोजना, मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा सस्थापक शेयर रहेको छ ।
ब्यपार, ब्यवसाय, उद्योग, हाइड्रो, बैक लगायत झण्डै दुई दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरिरहेका मेयर आचार्यले पोखरामा २ र काठमाडौंमा २ सहित ४ वटा घर रहेको सम्पत्ति विवरण खुलाएका छन् । मेयर आचार्यका चार वटा घरमध्ये पोखरा नयाँबजार र काठमाण्डौं सीतापाइलाको घरजग्गा श्रीमती पुष्पाकुमारी आचार्यको नाममा रहेका छन ।
हाल मेयर आचार्य बस्दै आएको पोखरा–९ नयाँबजारमा २८९ वर्गमिटरको जग्गामा दुईवटा आरसीसी ढलान घर रहेका छन् । मेयर आचार्यका अनुसार ति दुइ घर जग्गाको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै काठमाण्डौ–४ सीतापाइलामा श्रीमती पुष्पाको नाममा रहेको ९ सय २९ स्क्वायर फिटको २ कित्तामा रहेको घर, जग्गाको मूल्य १ करोड ८५ लाख रहेको उल्लेख छ ।
मेयर आचार्यले बहुमुल्य धातुतर्फ पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख नगद रहेको विवरण पेश गरेका छन । उनको नामा पोखरा–११ मा दुई कित्ता जग्गा र घर रहेको छ । त्यस्तै दोलखामा ५८ रोपनी ७ आना जग्गा ८७ लाख रुपैयाँमा खरिद गरेको मेयर आचार्यले उल्लेख गरेका छन् ।
उनको दुई करोड रुपैयाँ बराबरको कार, भ्यान र तीनवटा स्कुटर रहेका छन् । टोयटा ¥याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एउटा र तीनवटा स्कुटर रहेको विवरणमा उल्लेख छ ।मेयर आचार्यले २०४९ सालदेखि ब्यपार, ब्यवसायसंगै राजनीतिमा लागेका थिए ।
२०५१ मा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका आचार्य पछिल्लो समय राजनीतिभन्दा बढी व्यवसायमा केन्द्रित बनेका थिए ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा गठबन्धनका तर्फबाट उमेदवार बनेका आचार्यले एमालेका प्रतिस्पर्धि कृष्ण बहादुर थापालाइ पराजित गर्दै बिजयी भएका थिए ।
Related