• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने

  •    शुभेच्छा न्यूज  /११ श्रावण २०७९, बुधबार १९:१८ ,  प्रकाशीत
  • पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ ।

    सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा उक्त कार्यक्रम हुने भएको हो ।

    कार्यक्रममा वरिष्ठ सितार वादक प्रा.डा.ध्रवेश चन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्ण प्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले,तबला वादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरी वादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबला वादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी गराए ।

    उनका अनुसार पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा साँझ ५ बजे हुनेछ । दोस्रो दिन विन्ध्यावासिनाी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा आयोजना गरिनेछ ।

    शास्त्रीय संगीतको उन्नयनका लागि आफुले उक्त कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । रिमालले यसअघि काठमाडौंमा मात्रै शास्त्रीय संगीतकै ३५ वटा कार्यक्रम सम्पन्न गरिसकेका छन् भने काठमाडौं भन्दा बाहिर हेटौंडामा उनले कार्यक्रम सम्पन्न गरेका छन् ।

    ‘शास्त्रीय संगीतको महत्व बुझाउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको हो । हामी पहिले काठमाडौं केन्द्रित मात्रै कार्यक्रम गथ्र्यौं । अब प्रदेश स्तरमा नै उक्त कार्यक्रमको आयोजना गर्दैछौं । हाम्रो क्षेत्र विशाल हुँदैछ ।’, उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.