• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

"अध्यक्ष बरालको जन्मदिनबाट सहयोगको सुरुवात "
  •    शुभेच्छा न्यूज  /११ श्रावण २०७९, बुधबार १९:१४ ,  प्रकाशीत
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ ।

    मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् ।

    अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष बरालले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पु¥याउने घोषणा गरेको महासचिव पौडेलल बताए ।

    अक्षकोषको लागि प्रदान गरिएको चेक अध्यक्ष बरालले मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशि कुमार पौडेललाई हस्तान्तरण गरेका थिए ।

    जन्मदिनको अवसरमा पवित्र कार्यको सुरुवात गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा १० लाख बराबरको अक्षयकोष पु¥याएरै छाड्ने अठोट समेत बरालले गरे । ‘मैले मेरो जन्मदिनको अवसर पारेर अक्षयकोषको सुरुवात गरे, अब मेरो कार्यकालमा अक्षयकोषमा १० लाख रुपैयाँ पु¥याउनेछु’ अध्यक्ष बरालले भने ।

    अक्षयकोष घोषणा तथा चेक हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, कोषाध्यक्ष एवं प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण प्रसाद दवाडी लगायतका पत्रकारको सहभागिता रहेको थियो ।

    अक्षयकोषबाट प्राप्त व्याजले खेल क्षेत्रमा कलम चलाईरहेका पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै अभिभावकत्व प्रदान गर्ने पवित्र उद्धेश्य बोकेका हुनाले अक्षयकोषको लागि रकम सहयोग गर्न मञ्चले सबै खेलप्रेमीमा समेत आग्रह गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.