• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

  •    शुभेच्छा न्यूज  /२१ श्रावण २०७९, शनिबार १६:५० ,  प्रकाशीत
  • पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवर्द्धनका लागि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी पत्र” मा हस्ताक्षर गरिएको छ ।

    ६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवन कुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गर्नुभएको हो ।

    समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको अनुसन्धान र विकास प्रविधि हस्तान्तरण तथा बजार, सह–कार्यस्थल, उद्भवन, प्रशिक्षण, वित्तीय तथा कानुनी परामर्श प्रदान गरिनेछ ।

    साथै “व्यवसाय प्रवर्द्धन केन्द्र सञ्चालन कार्यविधि–२०७९” बमोजिम स्थापना हुने व्यवसाय प्रवर्द्धन केन्द्र अन्तरगत गठन हुने सार्वजनिक निजी संवाद मञ्च समेतका माध्यमबाट निजी तथा सार्वजनिक क्षेत्रबिच नियमित, नतिजामुखी र पारदर्शी रूपमा संवाद, छलफल तथा अन्तरक्रियाको अभ्यासलाई संस्थागत गरिनेछ ।

    समझदारी पत्रमा पोखरा महानगरपालिकामा विद्यमान व्यवसाय सञ्चालन गर्ने वातावरणमा सुधार र बजार प्रणालीको सुदृढीकरण मार्फत उद्यमशीलता विकासलाई प्रोत्साहन, सहजीकरण तथा सहयोग गर्ने, महानगरपालिकाले थालनी गरेको मेयर नवउद्यम ९स्टार्टअप० विकास कार्यक्रम तथा उपमेयरसँग महिला कार्यक्रमलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक नीति, रणनीति तथा कार्य योजना तयार गरी कार्यान्वयनमा सहयोग गर्ने,

    पोखरा महानगरपालिकाले स्थापना गर्ने व्यवसाय प्रवर्द्धन केन्द्र एवं सो अन्तरगतको सार्वजनिक निजी संवाद मञ्चलाई संस्थागत गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्न आर्थिक, भौतिक, प्राविधिक तथा बौद्धिक सहयोग प्रदान गर्ने लगायत उल्लेख छ । यसका अलवा त्रिपक्षीय जिम्मेवारी समेत समझदारी पत्रमा तोकिएको छ ।

    रोजगारीको अभाव र उद्यमशीलताको क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिहरूलाई व्यवसाय सुरु गर्न यस कार्यक्रमले सहयोग गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

    व्यवसाय सञ्चालन गरी उद्यमशील बन्न चाहने जो कोहीलाई व्यवसाय प्रवर्द्धन केन्द्रको पूर्ण सहयोग रहने विश्वास समेत उहाँले दिलाउनुभयो ।

    यसका लागि आवश्यक पुँजीको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने प्रमुख आचार्यले बताउनुभयो ।

    उहाँका अनुसार रोजगारी सृजना तथा उद्यमशीलता विकासका लागि केन्द्र मार्फत सञ्चालन गर्ने गरी ३० करोड बराबरको पुँजीको व्यवस्थापन महानगरपालिकाले गर्नेछ ।

    यस क्षेत्रका विज्ञहरूले अनुसन्धान र विकास प्रविधिलाई जोड्ने एक महत्त्वपूर्ण कडीका रूपमा यसको व्याख्या गरेका छन् ।

    उनीहरूले महानगरको यस प्रकारको प्रयासलाई उद्यमशीलता र रोजगारी सृजनाको अपरिहार्य तर, नवीन अभ्यास समेत भनेका छन् । यस कार्यक्रम मार्फत बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्न सकिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.