नेश्नलिष्ट पिपुल्स पार्टीले पर्वत जिल्लामा आफ्नो संगठन गरेको छ ।
देशमा औद्योगिक र व्यापारीक बिकासका माध्यामद्वारा नागरिकहरुको स्वभिमानको संरक्षण गर्दै सवै तहका सक्रिय सदस्यलाई आर्थिक संजालमा जोड्ने लक्ष्य सहित स्थापना भएको नेश्नलिष्ट पार्टीले पर्वतमा संगठन बिस्तार गरेको हो ।
पार्टीका संगठन बिभाग प्रमुख कान्तावहादुर पौडेलको प्रमुख आथित्यमा शनिवार सदरमुकाम कुश्मामा सम्पन्न भेलाले ९ सदस्यीय पर्वत जिल्ला तदर्थ समितिको गठन गरेको छ ।
गठित समितिको संयोजकमा ज्योतीलाल बि.क., उपसंयोजकमा सुरे वहादुर बिक, सचिवमा हरिवहादुर कामी र कोषाध्यक्षमा सरिता क्षेत्री रहेका छन् । समितिका सदस्यहरुमा क्रमशः सागर तिमिल्सीना, बिनोद श्रेष्ठ, सन्तोष बिक, धर्मेन्द्र बिक, र बिमल नेपाली रहेका छन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले भ्रष्टाचार मुक्त शासन प्रणलीकायम गर्न उच्च प्रबिधि र आधुनीक कार्यबिधि प्रयोग गर्दै सबै बर्ग र समुदायलाई समेटेर समतामूलक राज्य स्थापना गर्ने बताए ।
उनले देशमा राजनैतीक, सामाजिक, आर्थिक, साँस्कृतिक भेदभाव तथा शोषणको अन्यको लागि पाटी प्रतिबद्ध रहेको बताउँदै न्यायीक तथा पूर्ण जनतान्त्रीक व्यवस्था कायम गरि सुशासन प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टीका सह–प्रवक्ता अनिताकुमारी घिताल, संगठन बिभागका सह–संयोजक कर्णवहादुर थापा मगर र केन्द्रीय सदस्य रामप्रसाद नयौपाने लगायतले मन्तव्य व्यक्तगरेका थिए ।
पार्टीका सह–प्रवक्ता अनिता घितालले पार्टीले आउँदै गरेको संसदीय निर्वाचनमा पर्वत जिल्लावाट संघ र प्रदेश दुवै ठाउँमा उम्मेदवार उठाउने बताइन ।

Related