गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका लागि कास्की २ (ख) मा मनोनयन दर्ता गरेसंगै मन्त्री थापाले सोमबार सवारी सुविधावापतको गाडी फिर्ता गरेका हुन् ।
मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयको सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन ।
निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताए । उनले भने,‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’
जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा बिगतमा पनि आफु सचेत रहेको र आज पनि ब्याक्तिगत रुपमा दुरुपयोग गर्न नहुने मान्यता अनुसार गाडी फिर्ता गरेको बताए । उनले आगामी दिनमा पनि ब्याक्तिगत प्रयोगमा सरकारी सम्पक्तिको प्रयोग नगर्ने उल्लेख गरे ।
मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि सार्वजनिक गरेका थिए ।

Related