जलकुम्भी झार, प्लास्टिक जन्य फोहर लगायतका सामाग्री तालमा तैर्रिएर कुरुप बनेपछि पोखरा महानगरपालिकाको अगुवाइमा फेवातालको सरसफाइ अभियान सुुरु गरिएको हो ।
बर्षायामसंगै फेवामा जलकुम्भी, प्लास्टिक र बाढीपहिरोले बगाएर ल्याएका फोहर मैलाले ताल कुरुप बनेपछि महानगरको अगुवाइमा ३३ वटै वडाको सहभागितामा फेवा तालको सरसफाइ अभियान थालिएको हो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यका अनुसार ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको हो ।
सरसफाइ अभियानमा विभिन्न सामाजिक संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज लगायतको सहभागिता छ ।
महानगरका ३३ जना वडाध्यक्षले एउटा÷एउटा स्टेसनको नेतृत्व गरी सरसफाइ गरिने छ । नवौं राष्ट्रिय खेलकुदको अवसरमा ‘सरसफाइमा सहभागिता, स्वच्छ, सुन्दर हराभरा पोखरा’ भन्ने नाराका साथ अभियान सुरु भएको हो ।
फेवातालको सरसफाइ अभियान सुरु भएको छ ।

Related