• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सयपत्री फुलमा रमाउदै सुर्यप्रसाद लामिछाने

  •    शुभेच्छा न्यूज  /५ कार्तिक २०७९, शनिबार १०:०१ ,  प्रकाशीत
  • कविराज खनाल
    चाडपर्व विषेश गरी फुलैफुलको चाड अर्थात नेपालीको दोश्रो ठुलो चाड तिहारलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं. ३१, लामासुहारा निवारी सुर्य प्रसाद लामिछाने अर्थात मौरीका बादशाह ।
    विगत चार वर्ष अघिदेखी सयपत्री फुल पुष्प खेती गरेका उनी बिदेशीको गुलमा होइन , स्वदेशको माटोमा रमाउने सन्देशका साथ ३०० भन्दा वढी मौरी पालन गरी ख्याति कमाएका लामिछाने हालका दिनमा सयपत्री फुलको खेती गर्न तल्लीन छन् ।

    दिदीबैनीका लागि विषेशगरी चाडपर्व तिहारमा प्रिय सयपत्री फुल विशेषगरी गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा तिहार झल्काउने फूल आँगनमा मात्र होइन, बारीको डिलमा पनि फुलेका छन् । तर म भने व्यवसाय सयपत्री फुलको खेती गरेको बताउछन् ।

    भन्ने गरिन्छ – फूलहरुको आ–आफ्नै महत्व हुन्छ । जबसम्म फूल बोट मै हुन्छ, तबसम्म फूलको महत्व अत्यन्तै हुन्छ र टिपेपछि महत्त्व हराउँदछ ।flower

    तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् । सयपत्री पनि तिहारमा विशेष महत्वको मानिने एक प्रकारको फूल हो सयपत्री फुल । यो फूल नेपालको प्रसिद्ध फूल हो । चाडपर्वमा उपहार भन्दा नि सयपत्री फुलको सौन्दर्य र यसको महत्वलाई दिदीवहिनी र दाजुभाइृलाइ मात्र थाहा छ ।

    यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौँ वर्षदेखिे गलामा सयपत्री फुलको सुगन्ध र उपयोग भिन्न रहेको वताउदै चार्डपर्वमा फूलको माग बढ्ने भएपछि पर्यटकीय नगरी एवं सुन्दर नगरी पोखरामा फूलको खेती सुरु गरेका हुन् । उनी भन्दछन् यतिबेला उत्पादित सयपत्रीको थुगम बेच्न व्यस्त छन् । आफैँले तयार पारेर रोपेको बिरुवा ३ महिनापछि फूल्न थालेको उनी बताउदछन् । उनले आफ्नै बारीमा ३ सय मौरीका घार संगै सयपत्री फुलको खेती गरेका हुन् ।

    विगत ५ वर्ष अघि देखि व्यवसाय रुपमा सयपत्री फुलको खेती गरेका उनीले यस वर्ष ५ हजार बिरुवा लगाएका छन् । यस वर्षको तिहारमा ५ लाख रुपैयाँ बढीको माला बेच्ने लक्ष्य लिएका उनी आयआर्जनको प्रमुख स्रोत फूलखेती हुने कुरामा विश्वस्त छन् ।

    ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघिदेखि नै फूलको माग हुने गर्छ, उनले ‘स्थानीय संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि हाम्रो फूलको माग हुन्छ ।’ सयपत्री फूल खेतीका लागि ३ महिना खट्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाई छ ।

    आफूले उत्पादन गरेको फूलले तिहारको समयमा पोखरा र लेखनाथ क्षेत्रभरी बजारको मागलाई धान्न सक्ने बिगतका वर्षमा उनीहरुले माला प्रतिगोटा १०० रुपैयाँका दरले बिक्री गरेका थिए । ‘यस वर्ष लागात अहिले नै अनुमान गर्न नसकेकाले फूल टिप्न थालेपछि मात्र मूल्य निर्धारण हुन्छ’ लामिछाने बताउछन् । ‘विगतका वर्षमा पनि बजार मूल्यभन्दा हाम्रो मूल्य कम थियो, यस वर्ष पनि हामी उपभोत्तालाई मार नपर्ने मूल्य निर्धारण गर्ने छौँ ।’ तिहारको समयमा स्थानीय क्षेत्र लेखनाथ र पोखरामा आफैले फूल बेच्ने योजना बनाएका छन् ।

    उनी भन्दछन् नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाएको छ । नेपालमा व्यवसायीक फूल खेती गर्नेको संख्या कमै छ ।

    तर, भारतमा भने अत्याधिक फूल उत्पादन हुने गर्दछ । जसकारण भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेको ‘हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन, त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न नेपाली व्यापारी बाध्य हुनुपरेको छ ।

    बर्खामा भारतबाट कम फूल आयत हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने बजारमा फूलको माग भए पनि फूल खेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली बाध्य छन् ।

    नाम जस्तै उनदलाई कामले पनि साथ दिएको छ । अहिले फूल ढकमक्क फुलेका छन् । जहाँ जो कोही पुग्दा फुलै फुलको संसारमा गए जस्तो भान हुन्छ । फूल देख्दै मनमोहक छन ।

    तिहारको समयका मात्र गण्डकी प्रदेशमा लाखमाला आवश्यक रहेको अनुमान गरिएको उनले बताए ।प्रदेश सरकारले “व्यावसायिक पुष्प खेती गरौं,आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं,” भन्ने नारा नै तय गरेको छ । तर मेरो लागि सरकारले केही सहयोग नगरेको उनले बताए । जे होस् सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरोस् र भारतीय फुललाई प्रतिवन्ध लागाओस् ।

    चाड पर्व र सस्कार र संस्कृतिको देश नेपालमै यसको उत्पादन र विक्रीका लागि बजारको कुनै अभाव हुदैन । तसर्थ स्वदेशी उत्पादनमा रमाऔ विदेशी वस्तुमा कडाई गरौ यही सन्देश दिन चाहान्छन् कृषक सुर्य प्रसाद लामिछाने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.