• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा र्यालेचौरमा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना

  •    शुभेच्छा न्यूज  /७ कार्तिक २०७९, सोमबार १४:५९ ,  प्रकाशीत
  • गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ ।

    सोमबार एक कार्यक्रमका बीच पोखरा २० र्यालेचौरमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र समस्याको समाधान गर्ने गरी चुनावी मैदानमा उत्रिएको बताए ।

    उनले विकास र समृद्धिका लागि गठबन्धन गरेको बताए । समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था निर्माण गर्ने उद्देश्य स्वरुप गठबन्धन गरिएको भनाई उनको थियो ।

    कृषिमा लगानी बढाउँदै बजारीकरणमा समेत व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्ने ध्येयका साथ आफु संसदमा उभिने बरालले बताए । भलाम, बिसौना, मौजा, आँटीघर हुँदै मोहरिया जाने बाटो निर्माणमा महत्वपूर्ण पहलकदमी गर्ने प्रतिबद्धता बरालको छ । शिक्षा, स्वास्थ्यको क्षेत्रलाई समेत सुधार गर्दै अगाडि बढिने उनले बताए ।

    ‘तपाईहरु भन्नुहोला । यसले ठूला गफ मात्रै लगायो । जीतेपछि काम नगर्नेहोला । तर त्यस्तो होइन । मलाई मत दिएर जिताउनुहोस् । भलामको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास दिलाउँछु ’, उनले भने ।

    गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले पोखरा २० मा महत्वपूर्ण योजना पारेको अभिव्यक्ति दिए ।

    उनले ८ करोड भन्दा बढीको योजना पोखरा २० मा परेको उल्लेख गर्दै उक्त क्षेत्रको थप विकासका लागि समेत आफु प्रतिबद्ध रहेको बताए । ‘२०७४ सालको निर्वाचनमा यहाँहरुले जसरी अमुल्य मत प्रदान गरी मलाई विजयी गराउनुभयो ।

    मलाई लाग्छ उक्त मतको कदर हुने गरी नै मैले काम गरेको छु । आशा छ, यसपाली पनि सबैको साथ रहनेछ ।’, उनले भने ।

    शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलताको विकासमा स्थानीय सँग मिलेर काम गर्न आफु प्रतिबद्ध रहेको भनाई उनको छ । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे ।

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.