• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की २ (ख) मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना

  •    शुभेच्छा न्यूज  /९ कार्तिक २०७९, बुधबार १३:५२ ,  प्रकाशीत
  • गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) को निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । बुधबार एक कार्यक्रमका बीच नयाँबजारमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँगे्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन आजको आवश्यकता भएको बताए । संविधानको रक्षार्थ,प्रतिगमनका विरुद्धमा गठबन्धन गरिएको उल्लेख गर्दै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरेका छन् ।

    ‘गठबन्धन हुँदा आकांक्षी कतिपय साथीहरुले टिकट पाउनुभएको छैन । सबैलाई टिकट दिन पनि अप्ठयारो परिस्थिति थियो । त्यसैले अब जसले टिकट पाउनु भएको छ । उहाँहरुलाई जिताउने दायित्व हामी सबैको हो ।’, उनले भने ।

    गठबन्धनका उम्मेदवारलाई मतदान गरे मुलुक परिवर्तनको दिशा तर्फ अग्रसर हुने अभिव्यक्ति उनको थियो । आम नागरिकका क्षमता प्रयोग गर्दै उपलब्ध साधन स्रोतको व्यवस्थापनमा गठबन्धन लाग्ने प्रतिबद्धता उनले गरेका छन् ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेकपा एमालेले संविधान च्यात्ने प्रयास गरेकाले संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताए । उनले दल भन्दा माथी उठेर मतदान गर्न गठबन्धनका मतदातालाई आग्रह गरेका छन् ।

    नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य राजकाजी गुरुङले रेमिटेन्सको भरमा मुलुक चलाउन खोजियो भने हामी यो देशको नेता हुन लायक नहुने बताए । समुन्नत समाज निर्माणका लागि गठबन्धन गरिएको अभिव्यक्ति उनको छ । ‘प्रतिगमनकारीका विरुद्धमा हामी उभिएका छौं । मुलुक आत्मनिर्भर बनाउन आवश्यक छ । समुन्नत समाज निर्माणका लागि गठबन्धनलाई मतदान गरौं ।’, उनले भने ।

    कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र समृद्धिका लागि प्रतिनिधि सभाको उम्मेदवारको रुपमा आफु चुनावी मैदानमा उभिएको बताए । रिजल्ट बेसिस योजनाहरु दिने विषयमा आफु प्रतिबद्ध रहेको उनले बताए । उत्पादन शिलतामा विकास गरी रोजगारीको सिर्जना गर्ने बाटो तर्फ अग्रसर हुनुपर्ने आवश्यकता अहिलेको भएको भनाई उनको थियो ।

    गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विगत ५ वर्षमा गण्डकी सरकारले आवश्यक कानून निर्माण गरेको र अबको बाटो विकास र समृद्धिको भएको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीमा आमुल परिवर्तन ल्याउने उद्देश्य स्वरुप आफ्नोे उम्मेदवारी रहेको अभिव्यक्ति दिए । कृषि, उद्यमशिलता, पर्यटन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता उनको छ ।

    कास्की क्षेत्र नं २ (ख) निर्वाचन परिचालन संयोजक होमबहादुर बानियाँको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी, नेपाली काँगे्रसबाट प्र्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विन्दा देवी राना, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, नेकपा एकीकृत माओवादीबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार जुवेदा खातुन लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.