• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समृद्धिका योजनाकार विश्वप्रकाशको सांसद सपना

"फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रण "
  •    शुभेच्छा न्यूज  /२३ कार्तिक २०७९, बुधबार १७:२२ ,  प्रकाशीत
  • मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ ।

    कास्की २ ९१० मा सत्ता गठबन्धनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्छन् ।

    उनी जनताको परिवर्तनको चाहना नै आफ्नो एजेन्डा भएको बताउँछन् । ‘पहिलो कुरा त जनताले पटक पटक एउटैले, एउटै टिमले नेतृत्व गरोस् भन्ने चाहदैनन् । नेपाली जनता हरेक पल्ट परिवर्तन चाहन्छन् । त्यसैले परिवर्तनको जित हुन्छ भन्नेमा जनमत छ,’ उनी भन्छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश एजेन्डा र विचारका कारण आफ्नो जित निश्चित भएको दाबी गर्छन् । ‘मसँग पोखरा कस्तो बनाउने भन्ने भिजन छ । मैले कति काम गरेको छु, मतदाताले मूल्यांकन गर्नुभएको छ । आगामी दिनमा म आफ्नो स्पष्ट कार्ययोजनाका साथ अघि बढ्छु ।’

    आफ्नो पहिलो एजेन्डामा सुशासन रहेको उनी बताउँछन् । नेपाली जनताले करिब सात दशकसम्म अनवरत रुपमा संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ । अझै पनि भ्रष्टाचार कम भएको छैन । आर्थिक पारदर्शितासहितको सुशासन जनताको मुख्य अपेक्षा हो । सँगसँगै निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने भन्ने आफ्नो मुख्य सरोकार रहेको उनी बताउँछन् । भन्ने हो ।

    प्राकृतिक रुपले सुन्दर पोखरालाई उचित पूर्वाधार बनाएर नमुना पर्यटकीय स्थल बनाउनु जरुरी छ । नयाँ विमानस्थल बनिसकेपछि पुरानो एअरपोर्टको करिब ११ सय रोपनी जग्गा खाली हुन्छ । त्यसलाई जनताको अधिकतम हितमा उपयोग गर्नुपर्छ । विश्वप्रकाशले त्यहाँ अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधासहितको सुन्दर हरियाली पार्क बनाउने सपना देखेका छन् । पोखरा उपत्यकाका मुख्य स्थल घुम्न अनेकतिर फेरो लगाउनुपर्छ । यसलाई सहज बनाउन पोखरा चक्रपथ निर्माण गर्ने योजना बनाउनुपर्नेमा उनी जोड दिन्छन् ।

    पुडिटारदेखि भरतपोखरी, निर्मलपोखरी, कृस्ति हुँदै पुम्दीपुम्दीको सिद्धार्थ राजमार्गमा जोड्न सकिन्छ । यो चक्रपथले बाइपास रोडको समेत काम गर्छ, बजार बढ्न थालेको जाम घटाउन पनि सहयोग गर्छ । सेती नदी र फुस्रे खोलामा केही ठाउँमा तटबन्ध बनाउनुपर्ने छ । कास्की २ ९१० मा २ खालका भूभाग छन् । एउटा छ, सहरी भाग । त्यसलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । ग्रामीण क्षेत्रहरुलाई उत्पादन र आयआर्जनसँग जोड्नु अपरिहार्य छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्दै विशेष कृषि जोनको रुपमा त्यो क्षेत्रलाई विकास गर्नुपर्ने देखिन्छ ।

    अघिल्लो पटक वाम गठबन्धनमा सामेल माओवादी अहिले पाँच दलीय गठबन्धनमा छ । साबिक नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक तवरले बारम्बार प्रतिनिधिसभा विघटन गरेपछि लोकतान्त्रिक र वाम शक्तिबीच गठबन्धन बनेको छ । विश्वप्रकाश भन्छन्, ‘कांग्रेस र हाम्रा केही एजेन्डा मिलेका छन् । हिजो विपीले प्रजातान्त्रिक समाजवाद भन्नुभएको थियो, कमरेड पुष्पलालले चाहिँ समाजवादको कुरा गर्नु भयो । निरंकुशलाई फाल्ने समान एजेन्डाका साथ जानुपर्छ भन्ने उहाँहरुको आदर्श थियो । अहिले संविधानको रक्षा र कार्यान्वयन गर्ने क्रममा प्रतिगमनलाई फाइदा हुने गरी पटक पटक समस्या देखिए । जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नका लागि हाम्रो गठबन्धन बनेको हो ।’

    जनआन्दोलनपछि भएको राजनीतिक परिवर्तनबाट जनताले ठूलो आशा गरेका थिए । आर्थिक, सामाजिक रुपान्तरण र समृद्धिको अपेक्षा थियो । त्यसो हुन सकेन । त्यसैले समृद्धिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने अवस्था आएको उनको जिकिर छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य भावना भनेकै संघीयता हो । संघीयता कार्यान्वयन गर्दा प्रदेश सरकारले स्थानीय र केन्द्रको बीचमा रहेर सँगसँगै लैजाने संयन्त्र हो । केन्द्रले ठूला गौरवपूर्ण ठूला आयोजना चलाउने, प्रदेशले प्रदेशका आवश्कता अनुसारका योजना बनाउने, स्थानीय सरकारले स्थानीय अवश्यकता अनुसारका योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । नेपाली जनताले जनताले सिंहदरबारको अधिकार घरदैलोमा पाएका छन् । यो उपलब्धिलाई संस्थागत गर्न, अधिकारै दिनचाहिँ प्रदेशलाई बलियो बनाउनै पर्छ ।

    पोखरा प्रदेशको राजधानीमात्र होइन, देशकै पर्यटनको राजधानी हो । यसको जिम्मेवारी अहं छ, पोखरा कस्तो छ, त्यसको आधारमा गण्डकी प्रदेशको परिचय हुन्छ । नीति, नियम निर्माण, विकास निर्माणका खाका तयार गर्नेदेखि समाजलाई सुशासन, पारदर्शिता र मानवीय विकासमा योगदान गर्ने खालको प्रदेश सरकार चाहिन्छ । शिक्षा, स्वास्थ्यलाई मौलिक हक मानिएको अवस्थामा त्यसमा नागरिकको पहुँच नहुँदा संविधानप्रति व्यंग्य बनिरहेको लामिछाने उल्लेख गर्छन् ।

    कास्की २ ९१०मा अथाह सम्भावना छन् । एउटा सहरी क्षेत्र छ, त्यो पनि पोखराकै सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रः डेमसाइड । पातले छाँगो, गुप्तेश्वर जस्ता धार्मिक, सांस्कृतिक सम्पदा छन् । बहुमारादेखि पुँडीटारसम्मको समथर भूभाग छ । ग्रामीण भूभाग रमणीय र दृश्यावलोकन लागि उपयुक्त छन् । कृषि उत्पादन र पशुपालनसँगै पर्यटकीय सम्भावना त्यहाँ देखिएको छ । ती क्षेत्रमा पूर्वाधारहरु निर्माण गरी पर्यटनलाई बढावा दिने उनी सुनाउँछन् ।

    ‘पर्यटकलाई बैदाम, लेकसाइडमात्र नभई ग्रामीण क्षेत्रसम्म लैजानुपर्छ । पर्यटनको विकास गर्दा पोखराबाट सामान लगेर गर्ने होइन, स्थानीय उत्पादन गर्ने र ती उत्पादन प्रयोग गरी आत्मनिर्भरको बाटोमा लैजानु जरुरी छ,’ उनी भन्छन् । यो क्षेत्रमा चाडै समृद्धिको फड्को मार्न सकिने सम्भावना त छँदै छ, सँगसँगै समस्याहरु पनि छन् । पोखरा महानगर त बनाइयो तर समानुपातिक विकास भएको छैन । पछि थपिएका क्षेत्रका बासिन्दालाई महानगरबासीको आभास दिलाउनुपर्ने चुनौती छ । केही भाग सहर बनिसकेको छ, केही बन्ने क्रममा छ ।

    सहर बन्दै गरेको क्षेत्रको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना आवश्यक छ । योजना बनाएरमात्रै पुग्दैन उचित तवरले कार्यान्वयन गर्न जरुरी छ । ग्रामीण क्षेत्रलाई आवास क्षेत्र, पुँडिटार क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सम्भवना पनि छ । अब ठूला अस्पताल, विश्वविद्यालय, क्याम्पस, खेलका संरचना यी क्षेत्रमा बनाउन सके समानुपातिक विकासलाई टेवा पुग्छ ।
    पार्टीका इमान्दार कार्यकर्ता उनी पोखरामा चिनिएका शिक्षासेवी हुन् ।

    उनकै नेतृत्वमा पोखराको अमरसिंह मावि नमुना स्कुल बनेको छ । यहाँ अहिले विद्यार्थीको चाप धानिनसक्नु छ । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई पर्यटकीय स्थल बनाउने अभियानको नेतृत्व पनि उनैले गरेका छन् । त्यहाँ संग्रहालयसहितका पूर्वाधार बन्दै छन् । पोखरा उपत्यका भरिका सबै तालको अध्ययन र नक्सांकनमा लामो समय खर्चेका संरक्षणकर्मी लामिछानेले फेवातालका लागि ऐतिहासिक काम गरिदिएका छन् ।

    उनी नेतृत्वको समितिले गरेको अध्ययनको आधारमा सर्वोच्च अदालतले फेवाताल जोगाउनका लागि ऐतिहासिक फैसला गरेको थियो । फैसला भए पनि कार्यान्वयनका लागि ३ तहका सरकारले भूमिका निर्वाह गर्न सकेका छैनन् ।

    यसका लागि जनदबाब आवश्यक देखिएको छ । इमान्दार, निर्भिक र दत्तचित्त भएर लाग्ने योजनाकार विश्वप्रकाश अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

    विश्वप्रकाशले हिजो पोखरालाई चाहिने केही योजना बनाए । उनले केही कार्यान्वयन कार्यान्वयन गरेरसमेत देखाए । अब विगतमा बटुलेको अनुभव र योजना कार्यान्वयनका लागि नीति निर्माण गर्ने निकायमा पुग्ने उनको आकांक्षा छ । ‘अब ती बेला बनाएका योजना कार्यान्वयन गर्दै यो क्षेत्रको समृद्धिका लागि म चुनावी मैदानमा छु । विश्वप्रकाश लामिछानेले योजना बनाउँछ र दृढतापूर्वक कार्यान्वयन गर्छ भन्ने नागरिकलाई अवगत छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.