कास्की २ को प्रदेशसभा (२) मा नेकपा एमालेका पर्तबाट उमेदवारी बनेकी मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव भएको बताएकी छन् ।
शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिँदा अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधै अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’
अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना कामयावी भएको उनको भनाइ छ ।
उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’
कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिएको जनाइन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् ।
उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’

Related