• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रतिशोध साँध्न कार्यकाल एकसाता बाँकी रहेका मन्त्री खड्कालाइ बर्खास्त

  •    शुभेच्छा न्यूज  /२९ कार्तिक २०७९, मंगलवार १७:३९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन । मुख्यमन्त्री पोखरेलले चुनावमा गठबन्धनलाई असहयोग गरेको आरोपमा मन्त्री खड्कालाइ बर्खास्त गरेका हुन ।

    प्रदेश सरकारमा रहदा मुख्यमन्त्री पोखरेल र मन्त्री खड्काबीच राम्रो सम्बन्ध थिएन । सरकारमा रहदा राम्रो सम्बन्ध नभएकाले प्रतिशोध लिनकै लागि मुख्यमन्त्री पोखरेलले कार्यकाल सकिन एक हप्तामात्र बाँकी रहेको अवस्थामा चुनावमा गठबन्धनलाई असहयोग गरेको बहानामा खड्कालाइ हटाएको आरोप लागेको छ ।

    तत्कालिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारले संसदमा बिश्वासको मत लिन नसकेपछि गण्डकीको मुख्यमन्त्री बन्न पोखरेल र खड्का प्रतिस्पर्धी थिए । तर, अन्तिममा पोखरेलले बरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलमा मुख्यमन्त्री हात पारेका थिए । प्रदेशको मुख्यमन्त्री कांग्रेसले हात पारेपछि भौतिक पूर्वाधार तथा शहरी बिकासमा सत्ता साझेदार माओवादीले दावी गरेको थियो ।

    तर, यसकालागि कुमार खड्काले चट्टानी अडान लिएपछि मुख्यमन्त्री पोखरेललाइ मन्त्रीपरिषद गठन गर्न झण्डै ६ महिना लागेको थियो । उनले चार पटकमा मन्त्रीपरिषदलाइ पूर्णता दिएका थिए ।

    खड्काले भौतिक पूर्वाधारमा अडान नछाडेपछि माओवादीले बाध्य भएर अर्थमन्त्रालय लिएको थियो । मन्त्रीपरिषद बनाउनेक्रममा खड्काले लिएको अडान मुख्यमन्त्रीलाइ मनपरेको थिएन ।

    तर, एकबर्ष पहिलेको प्रतिशोध साँध्न मुख्यमन्त्री पोखरेलले कार्यकाल एकसाता बाँकी रहेका मन्त्री खड्कालाइ बर्खास्त गरेको आशंका गरिएको छ ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्का पछिल्लो समय कास्की २ (ख) मा चुनाव लडेर मुख्यमन्त्री बन्न चाहेका थिए । तर, यस निर्वाचनमा कांग्रेसले उनलाइ टिकट नै दिएन । त्यसपछि उनले गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको उम्मेदवारलाई सहयोग नगरेको उनी माथि आरोप लगाइएको छ ।

    कास्कीको क्षेत्रनं २ ‘ख’ मा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । थापालाई खड्काले असहयोग गरेको बताइन्छ ।
    मुख्यमन्त्री पोखरेलले बिना आधार चुनावमा गठबन्धनलाई असहयोग गरेको आरोप लगाएर मन्त्री खड्कासंग प्रतिशोध साँधेको खड्का निकट स्रोतले बताएको छ ।

    यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.