• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्न पहल गर्ने

  •    शुभेच्छा न्यूज  /३ पुष २०७९, आईतवार २०:२१ ,  प्रकाशीत
  • नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

    काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले काँग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवम् प्रचारप्रसार समिति उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।

    बैठकले सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नुहुने गण्डकी प्रदेशका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

    निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य संघ संस्थाले पु¥याएको सहयोगको लागि बैठकले धन्यवाद व्यक्त गरेको छ । निर्वाचनमा निर्वाचित उम्मेदवारहरुले आम मतदाताहरुको भरोसा र आकांक्षालाई पुरा गर्ने देश र जनताको सेवामा समर्पित हुनेछन् भन्ने बैठकले विश्वास व्यक्त गरेको छ ।

    निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका बारेमा व्यापक छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमी कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भईसकेपछि समिक्षा गर्न आवश्यक भएको महसुस गरी आगामी बैठकमा यस विषयमा समिक्षा गर्ने निर्णय गरेको छ ।

    प्रदेशमा काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा दिइएका १२ जना उम्मेदवारहरु मध्ये १० जना र प्रदेश सभाको सदस्यमा दिएका २१ जना उम्मेदवारहरु मध्ये १८ जना उम्मेदवारहरुले विजय प्राप्त गर्न सफल भएको र गण्डकी प्रदेश सभा सदस्यमा समानुपातिक तर्फ ९ जना निर्वाचित भएको भन्दै काँग्रेसका उम्मेदवारहरुले प्राप्त गरेको विजयमा अपेक्षाकृत सफलता प्राप्त भएकोमा बैठकले खुसी व्यक्त गरेको छ ।

    प्रदेश सभाको निर्वाचन सफल भएपश्चात नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकोले आगामी हुने नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारहरुलाई असयोगी भुमिका गर्ने कार्यकर्ताहरुको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशन दिदै समितिले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नेपाली काँग्रेसका विजयी उम्मेदवारहरुलाई उपयुक्त समयमा वधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

    आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष उपस्थिति थियो । बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राखेका जिज्ञाशालाई सभापति शर्माले सम्बोधन गर्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.