• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शान्ति उदय मावि पोखराको वार्षिकोत्सव : सृजनशिलता र गुणस्तरमा विशेष ध्यान दिऔं – सांसद भट्टराई

  •    शुभेच्छा न्यूज  /३ माघ २०७९, मंगलवार २०:१६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालय वरपाण्डेथुम कैलास कास्कीको ६३ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ मंगलवार सम्पन्न भएको छ ।

    विद्यालयको वार्षिकोत्सव ,अभिभावक दिवस तथा नवनिर्मित चारकोठे भवनकोे समेत एक समारोह वीच उद्घाटन गर्दै प्रतिनिधिसभामा कास्की क्ष्ोत्र नं २ की सांसद विद्या भट्टराई अधिकारीले विद्यार्थीको सिर्जनशीलता जागृत गराउँदै संख्या भन्दा पनि गुणस्तरका लागि चिन्ता हुनुपर्नेमा जोड दिइन् ।

    कास्की दक्षिणभेगकै शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको यस विद्यालयको गरिमा र महत्वलाई आत्मसात गर्दै पूर्वाधार विकासका साथै शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राख्न उनले सुझाव दिइन् ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भिम कार्किले कास्कीको दक्षिणी भेगको शिक्षा बिकासको ऎतिहासिक बिरासत बोकेको बिधालयलाई अब प्राबिधिक शिक्षाको केन्द्र बनाउनु पर्ने भन्दै स्थानिय तहमा शुरु भएको पहलमा आफ्नो र प्रदेश सरकारको महत्त्वपूर्ण साथ रहने बताए।

    कार्यक्रमका अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शान्ति उदय पूर्व विद्यार्थी मञ्च कक्षको उद्घाटन गर्दै मञ्चले विद्यालयको विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिएका थिए ।

    हाल मोति भुजेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहेको पूर्व विद्यार्थी मञ्च सकृय रहेको छ ।

    सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले विद्यालय परिसरमा सरस्वती मन्दिरको शिलान्यास गरेका थिए भने विद्यालयका विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्धेश्यले शैक्षिक प्रदर्शनी समेत सम्पन्न भएको छ ।

    शिक्षकहरु महेश चन्द र दुर्गाबहादुर थापाको सकृयतामा विद्यार्थीहरूले गरेको प्रदर्शनी अवलोकन गर्दै मौलिक सिर्जनालाई महत्व दिन तथा व्यवहारिक ज्ञान र त्यसको शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउन यस किसिमको शैक्षिक प्रदर्शनीको ठूलो महत्व रहेकामा बक्ताहरुले जोड दिएका थिए । विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिने गरी प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले स्थापनाको ६३ औं वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको बताउँदै सुविधा सम्पन्न ई लाइब्रेरीको व्यवस्था गरिएको ,कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–कृयाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरिएको वताए ।

    विद्यालयका प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्था बारे प्रकाश पारेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनोहर आचार्य, महानगर शिक्षा अधिकृत सोमनाथ भण्डारी, साविक भरतपोखरीका पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारी , पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी,भूपू विद्यार्थी मञ्चका सचिव वसन्त लम्साल ,सदस्य सजना ढुंगाना, शिक्षक राजेन्द्र बस्ताकोटी ,देवराज शर्मा लगायतले विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिका बारे चर्चा गर्दै शुभकामना दिएका थिए ।

    उक्त अवसरमा विविध सास्कृतिक प्रस्तुतिका साथमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति वितरण समेत गरिएका थिए ।

    कास्की दक्षिण भेगमा यस क्षेत्रका दूरदर्शी शिक्षाप्रेमीहरूको सकृयतामा वि.सं २०१६ सालमा कैलास प्रा. वि.को नामबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो ।

    वि.सं. २०२४ सालदेखि शान्ति उदय मा.वि.का नाममा सञ्चालन भएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११ र १२ का कक्षा समेत सञ्चालन हुँदै आएका छन् ।

    शान्ति उदय मा.वि.बाट उत्पादित जनशक्ति देशको समाजिक, आर्थिक एवम्् राजनीतिक लगायतका क्षेत्रमा उच्च ओहोदामा कार्यरत छन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.