पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३ वटा सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सरिता अधिकारीले पहिलो, सुधिर शर्मा पराजुलीले दोश्रो र तेश्रो तथा सञ्जिव बाबु पौडेलले तेश्रो सेमेष्टर ९२०७७० मा उत्कृष्ट नतिजा ल्याएको र उनिहरुलाई कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, पुर्व क्याम्पस प्रमुख गणेश गुरुङका छोरा तथा अक्षयकोषका प्रमुख संरक्षक समिर गुरुङ लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
अक्षयकोषका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, क्याम्पसका सहायक क्यापस प्रमुख लाल बहादुर कुँवर, प्रा.डा.उमानाथ बराल, लक्ष्मी गुरुङ र छात्रवृत्ती पाएका विद्यार्थीहरुले बोलेका थियो ।
कार्यक्रममा डा. चन्द्र बहादुर गुरुङले नेपाल र ब्रिटेनको सम्बन्धको इतिहास र पछिल्लो आयामका बारेमा प्रवचन दिएका थिए ।
पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहप्राध्यापक भिमनाथ बरालले गरेका थिए ।

Related