• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्राकृतिक सम्पदा ; रुरु क्षेत्रकाे जाम्बवान गुफा सँरक्षित बन्दै

  •    शुभेच्छा न्यूज  /२४ चैत्र २०७९, शुक्रबार १२:१५ ,  प्रकाशीत
  • कृष्ण अन्जान

    रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे जौखाेला क्षेत्रमा प्राकृतिक सम्पदाको रुपमा रहेकाे गुफाकाे सँरक्षण पछिल्लो पटक मात्र गरिएकाे छ ।

    पुर्खाहरुले भालुकाे दुलाे भन्ने गरिएकाे याे गुफालाई स्थानीय चतुर्भुज ज्ञवाली ,कृष्ण राज ज्ञवाली हरुले जाम्बवान गुफाकाे रुपमा पछिल्लो चरणमा नामाकरण गरेपछि रुरुक्षेत्र गाउँ पालिका वडा न ३ ले प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत यहाँ सम्म पुग्ने गाेरेटाे र सँरक्षणकाे काम शुरु गरेकाे हाे ।

    याे क्षेत्रमा बग्ने जौखाेला काे नजिकै रहेकाे जाम्बवान गुफा भित्र जाँदा भित्ताहरु कलात्मक छन र भुँईमा खरानी ,ढुँगाका चुला हरु रहेका छन यसले के पुष्टि गर्दछ भने याे अनकन्टार गुफामा कुनै जमानामा आदिम मानव बस्ने गरेका थिए । किम्बदन्तिमा जाम्बवान सँग मणिका लागि यहि गुफा भित्र श्री कृष्ण भगवानले लडेर मणि सहित जाम्बवान कि छाेरी जाम्बवतीलाई विवाह गरेकाे याे क्षेत्रका अगुवा चतुर्भुज ज्ञवाली र कृष्ण राज ज्ञवाली काे भनाई छ ।

    किम्बदन्ति आफ्नो ठाउँमा छ तर याे गुफा रुरुक्षेत्रलाई प्रकृतिले दिएकाे सम्पदा हाे । मुलुक सँघिय सँरचनामा गईसकेपछि बनेका स्थानीय तहकाे नजर प्राकृतिक सम्पदा सँरक्षणमा केन्द्रित छन ।रुरुक्षेत्र गाउँ पालिका वडा न ३ मा अघिल्लाे कार्यकालका जनप्रतिनिधि र याे कार्यकालका जनप्रतिनिधि गुफा सँरक्षणमा जाेडदार रुपमा लागेका छन ।

    प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो दायित्व हाे र याे गुफलाई रुरुक्षेत्रका अन्य पर्यटकीय क्षेत्र सँग जाेडने हाम्रो उद्देश्य हाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेष नारायण पौडेलले भने । जाम्बवान गुफा कति मिटर लामाे छ भन्ने एकिन त अझै भईसकेको छैन तर तीस मिटर सम्म मज्जाले जान सकिने रुरुक्षेत्र १ का वडा सदस्य घनस्याम ज्ञवालीकाे भनाई छ ।

    यस अगाडी पनि जान सक्ने गरि गुफाको भित्रि भाग सँरक्षण गर्नु पर्ने देखिन्छ । जाम्बवान गुफा सम्म पुग्न यतिबेला सहज भएकाे छ ।

    याे क्षेत्रका राष्ट्रसेवक नवराज पन्थीकाे पहलमा बजेट विनियोजन भएपछि फलाँटे शिरिष गैरा जौखाेला ,तालखाेला बर्सौँटा जौखाेला र स्यालपाेखरी सागरपाेखरी सडक निर्माणले जाम्बवान गुफालाई मदन भण्डारी राजमार्ग सँगकाे पहुँचबाट नजिक पुर्याएकाे छ ।

    जौखाेला क्षेत्रमा जाम्बवान गुफा सँरक्षण भए सँगै गाउँमा शहर तिरबाट आउने हरुले एक पटक गुफा हेर्न जाने गरेका छन ।

    याे गुफामा पुग्न रातामाटा तालखाेला ,बर्सौँटा बाट सात किलाे मिटर ,सालबिसाउना एस माेड भँडारथुम हुँदै पाँच किलाे मिटर ,फलाँटे स्यालपाेखरी शिरिष गैरा हुँदै चार किलोमिटर र स्यालपाेखरी सागर पाेखरी सम्म दुईकिलाेमिटर र सागरपाेखरीबा पैदल झरेपछि गुफामा पुग्न सकिन्छ ।

    ऐतिहासिक र धार्मिक रुरुधामकाे नजिकै रहेकाे याे गुफलाई रुरुधाममा आउने दर्शनार्थीका लागि गन्तव्य बनाउँदै थाेर्गाकाे पहिचान बनाउन सबै लाग्नुपर्ने देखिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.