• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा ९ वैशाखमा प्रदेशसभाको अधिबेशन आह्वान

  •    शुभेच्छा न्यूज  /१ बैशाख २०८०, शुक्रबार १६:३७ ,  प्रकाशीत
  • गण्डकीमा वैशाख ९ गतेका लागि प्रदेशसभाको अधिबेशन आह्वान गरिएको छ ।

    गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्रीमा खगराज अधिकारीलाइ दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्दा समेत अधिकारीले राजिनामा नदिएकाले नयाँ सरकार गठन प्रक्रिया थाल्नका लागि दलहरुले आग्रहमा प्रदेश प्रमुख पृथ्बीमान गुरुङले बिषेश अधिबेशन आह्वान गरेका हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैशाख ९ गते शनिबार ३ बजेका लागि बैठक आवाहन गरेका हुन् ।

    माओवादी केन्द्रले खगराज नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै चैत्र १० गते नै माओवादीका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री अधिकारी समक्ष राजीनामा दिएकाले प्रदेश सरकार अल्पमतमा परेको थियो ।

    विश्वासको मतका लागि १ महिने अवधि बैशाख ९ गते सम्म रहेको छ । मुख्यमन्त्री अधिकारी अल्पमतमा रहेकाले उनले विश्वासको मत लिने प्रक्रियामा नगई राजिनामा दिन आँकलन गरिएको छ ।

    गण्डकीको ६० सदस्यीय प्रदेशभामा एमालेका २२ र राप्रपाका २ सांसदको अधिकारीलाइ समर्थन भएकाले उनी अल्पमतमा छन । अधिकारीले माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एमालेका २२ सांसदको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।

    नयाँ सरकार गठनका लागि कांग्रेससंग २७ र माओवादीका ८ सांसद भएकाले अब, कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित छ । सबैभन्दा ठूलो दलको नाताले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नेतृत्वमा सरकार बन्ने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.