• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको महेन्द्रपुलमा झण्डा पार्क ; पार्कमा फहराउने छन, १९५ देशका राष्ट्रिय झण्डा

  •    शुभेच्छा न्यूज  /२ बैशाख २०८०, शनिबार १६:४७ ,  प्रकाशीत
  • पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ ।

    लायन्स क्लव अन्तराष्ट्रि डिष्ट्रिक ३२५ अन्तरगतका पाँच वटा डिष्ट्रिकको ८५ लाखको आर्थिक लागतमा आकर्षक झण्डा पार्क निर्माण गर्ने तयारी थालिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार उक्त पार्कको शिलान्यास गरेका छन ।

    पार्कको शिलान्यास समारोहमा बोल्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरेर बिचको सबैभन्दा अग्लो पिल्लरमा नेपालको झन्डा राखिने बताए । उनले भने, ‘पार्क चार तहको प्याराफिट शैलीमा निर्माण गरेर जुन देशको झन्डा राखिने हो, सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ । पार्कको बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।’

    पार्कमा १९५ देखको राष्ट्रिय झण्डा सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने प्रमुख आचार्यले बताए ।

    उनले पार्कलाई सिकाइको केन्द्रकारूपमा समेत विकास गरिने बताए । उनले भने,‘पार्क निर्माण भएपछि पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ । अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरको समेत व्यवस्था हुनेछ । यो केवल रमाइलोका लागि मात्र नभई लर्निङ सेन्टरका रूपमा पनि गरिने छ ।’पार्कमा निशुल्क वाई फाईको समेत ब्यवस्था गरने प्रमुख आचार्यको भनाई छ ।

    पोखरामा निर्माण गरिन लागेको झण्डा पार्क अभियानमा सहभागी हुन पाउँदा खुसीलागेको लायन्स क्लबअफ इन्टरनेश्नलका डिस्ट्रिक्ट ३२५ एम का इलेक्ट गभर्नर धनिराम बरालले बताए । उनले झण्डा पार्क निर्माणले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    पार्क निर्माणसंगै दिगो ब्यवस्थापन सहित संरक्षण महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारले यसको संरक्षकत्व लिनु पर्ने लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक्ट ३२५ जे का गभर्नर धुर्व श्रेष्ठले बताए ।

    झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स डिस्ट्रिक्ट एलका गभर्नर राम बहादुर बसेलले बताए ।

    पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनीले जनाएको छ ।

    पार्क निर्माणका लागि लायन्स क्लबअफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरुले ८५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्ने छन् । झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ।

    महेन्द्रपुलको अर्को भागमाभने गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.