पोखरास्थित सेती नदी खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ ।
पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली आज दिउसो ३ बजेतिर सेती खोंचमा खसेकी थिइन् । उनको साढे दुई घण्टाको प्रयासपछि उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी स्मृति छुट्टि मनाउन पोखरा आएको बेला साथीसँग खेल्न जानेक्रममा सेती खोंचमा खसेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं सूचना अधिकारी श्रवण कुमार विकले बताए ।

Related