• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भूकम्पबाट जिर्ण बनेको तारवाराही मन्दीर ८ बर्षपछि पुनर्निर्माण हुदै

  •    शुभेच्छा न्यूज  /३ बैशाख २०८०, आईतवार १८:४१ ,  प्रकाशीत
  • पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनर्निर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ ।

    विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो ।पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ ।

    पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो संख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनर्निर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

    भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो ।

    हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गरेका थिए । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनर्निर्माण गर्न लागिएको अध्यक्ष कुँवरले बताए ।

    मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।मन्दिर पुनर्निर्माणका लागि पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने बताउँदै अध्यक्ष कुँवरले दैनिकरूपमा मन्दिरमा आउने दर्शनार्थीबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन भइरहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.