पोखराको लामेआहालस्थित डम्पिङ साइडमा पोखरा महानगरको डोजर पल्टिँदा सोही डोजरका चालकको मृत्यु भएको छ ।
बिहीबार पोखरा ३२ स्थित लामेआहलस्थि डम्पिङ साइडमा फोहोर व्यवस्थापन गर्ने क्रममा महानगरको ग १ त १३४ नम्बरको डोजर अनियन्त्रित भई पल्टिँदा चालक पोखरा १५ रामबजारका अन्दाजी ६०/६२ वर्षिय मुसाफिर दासको मृत्यु भएको हो ।
फोहोर व्यवस्थापन गरिरहेका दासलाई आफैले चलाइरहेको डोजर अचानक अनियन्त्रित भई पल्टिँदा सोही डोजरले च्यापेको थियो ।
उनको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Related