पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु, ३४ घाइते, ३ को अवस्था गम्भीर
तपाईको प्रतिक्रिया





पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी महिलाको उपचारका लागि पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको हो।
बसमा सवार ३४ जना घाइते भएको र उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको पाल्पाका डीएसपी वीरेन्द्र थापाले बताए।
बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङ तर्फ हिँडेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो।
अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
Related