• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा अन्तर वडास्तरीय टेबल टेनिस सुरू

  •    शुभेच्छा न्यूज  /१० बैशाख २०८०, आईतवार १८:५७ ,  प्रकाशीत
  • पोखरा रंगशालामा महानगरपालिका अन्तर वडास्तरीय दोस्रो संस्करणको टेबल टेनिस प्रतियोगिता सुरू भएको छ ।

    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो ।

    प्रतियोगितामा ३७ पुरूष र १२ महिला गरेर १७ वटा वडाका ४९ जना खेलाडी सहभागी छन् । प्रतियोगिता पुरूष र महिला सिंगल र डबल्स गरेर ४ वटा विधामा भइरहेको छ । प्रतियोगिताको फाइनल सोमबार रंगशालास्थित टेबल टेनिस हलमै हुनेछ ।

    महानगरले चालु आर्थिक वर्षमा खेलकुदमा ३ करोड रूपैयाँ छुट्याएको र आगामी वर्ष त्यसलाई बढाएर खेल गतिविधि बढाउने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए । लगानी धेरै गरेका खेलबाट मेडल र उपलब्धि पनि त्यहीअनुसार गर्न आवश्यक रहेको अध्यक्ष गोदारको भनाइ थियो । ‘राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश टिम च्याम्पियन भयो ।

    त्यसमा पोखरा महानगरका धेरै खेलाडी थिए । तर, मेडल लिस्टमा टेबल टेनिसको कम देखियो,’ उनले भने, ‘त्यसैले लगानीअनुसार काम हुनुप¥यो । नभए किन लगानी गरिराख्ने ? लगानी गरेपछि नतिजा दिनुपर्छ ।’

    कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अरूले खेलकुदमा जोडबल गर्नुको सट्टा आफैंमा आकर्षण हुनुपर्ने बताए । विद्यालय तहका खेलाडीलाई राष्ट्रिय स्तरमा पु¥याउन प्रतियोगिता भइरहनुपर्ने अध्यक्ष जोशीले सुनाए । ‘१० देखि १५ वर्षको खेलाडीलाई पछि राष्ट्रिय स्तरमा सहभागी गराउन मद्दत पुगोस् भनेर प्रतियोगिता गरेका हौं,’ उनले भने ।

    प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार २५० रूपैयाँ पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

    डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार ७५० रूपैयाँ पाउने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.