मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ट्राफिक प्रहरीको मृत्यु शुभेच्छा न्यूज /१० बैशाख २०८०, आईतवार १०:५३ , प्रकाशीत आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ । बिहीबार साँझ कैलालीको धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए। बिहीबार साँझ करीब ७ बजे राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए । मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ ।
बिहीबार साँझ कैलालीको धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए।
बिहीबार साँझ करीब ७ बजे राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।
मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए ।
Related