• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकार विहिन गण्डकी ः मुख्यमन्त्रीमा कांग्रेस, माओवादीको हानथाप

"कांग्रेस र माओवादीबीच भागबण्डा मिलेपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान  "
  •    शुभेच्छा न्यूज  /११ बैशाख २०८०, सोमबार १८:५२ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकार विहिन भएको छ ।

    एमालेका नेता खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएर पदमुक्त भएको तीन दिन बितिसक्दा पनि गण्डकीमा नयाँ सरकार बन्न सकेको छैन ।

    शनिबार प्रदेशसभामा अधिकारीले बिश्वासको मत मागेपनि अस्किृत भएकाले उनी अल्पमत परेका छन । अधिकारी अल्पमतमा परेसंगै सत्ता सहयात्री दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीको बिषयमा सहमति जुट्न नसक्दा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन ।

    कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने विषयमा सहमति नजुट्दा प्रदेश प्रमुख पृथ्बीमान गुरुङले चालु अधिबेशन नै अन्त्य गरिदिएका छन । उनले अर्को अधिबेशन कांग्रेस र माओवादीबीच सत्ताको भागबण्डा मिलेपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएका छन ।

    केन्द्रमा प्रदेशहरुमा आलोपालो मुख्यमन्त्री बन्ने कांग्रेस र माओवादीबीच समझदारी भए पनि पहिला कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा श्रीषनेताबीच छलफल नभएकाले गण्डकीमा सरकार गठन प्रक्रिया पेचिलो बनेको हो ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका अधिकारीले विश्वासको मत गुमाएपछि अबको सरकार कसरी गठन हुने भन्ने पनि अन्योल देखिएको छ । संविधानको धारा १६८ को उपधारा २ या उपधारा ३ अनुसार सरकार गठन हुने भन्ने पनि अझै टुंगो लागेको छैन ।

    उपधारा २ मा दुई या सोभन्दा बढी दलको बहुमतको सरकार र उपधारा ३ मा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न सकिने व्यवस्था छ ।

    गण्डकीमा पहिलो कार्यकाल आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे काठमाडौं गएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाब दिन केही सांसदलाइ काठमाडौं डाकेको छन ।

    कांग्रेस संसदिय दलका नेता समेत रहेका पाण्डेले पहिलो चरणमा माओवादीलाई मुख्यमन्त्री दिने संकेत पाएपछि कांग्रेसी सांसदलाइ काठमाडौं बोलाएर दबाव दिन लागेका हुन ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसको २७, एमाले २२, माओवादी केन्द्र सभामुख सहित ८, राप्रपा २ र स्वतन्त्रबाट निर्वाचित भएर पछि एकिकृत समाजवादीमा प्रवेश गरेका राजिब (दीपक) मनाङे रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.