पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन चिनियाँ राजदूतलाई आग्रह गरिएको छ ।
पोखरा महानगरपालिका, पाेखरा पर्यटन परिषद र पाेखरा उधाेग बाणिज्य संघकाे संयुक्त टाेलीले चिनियाँ राजदूतावासमा राजदूत चेन सोङलाई भेटी सो आग्रह गरेको हो ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेकाले हाल सम्म पनि अन्तरराष्ट्रिय उडान नभएको अवस्थामा यथासिघ्र अन्तरराष्ट्रिय उडानका लागि विशेष पहल गर्न आग्रह गरिएको हो ।
पोखरा र चीनका विभिन्न सहरहरू बीच भगिनी सम्बन्ध समेत रहेको र तत्काल ती सहरहरूमा उडान गर्न सकिने अवस्था रहेकाले सो का लागि पहल गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिनाले आग्रह गर्नुभयो ।
यसले नेपाल र चीनको सम्बन्धलाई समेत प्रगाढ बनाउँदै थप उचाइमा पुर्याउन सकारात्मक संदेश प्रवाह गर्ने तिम्सिनाले विश्वास व्यक्त गर्नुभयो ।
पोखराबाट सिधा चीनका सहरसम्मको उडानले पाेखराकाे पर्यटन, उद्योग र व्यापारलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
निकट भविष्यमै पोखरामा आयोजना हुने ड्रागन डुंगा दौडलाई सफल पार्न पोखरा महानगरपालिका र व्यावसायीकाे तर्फबाट भरपुर सहयाेग हुने प्रतिबद्धता जनाईएको छ ।
टोलीमा पोखरा महानगरका कार्यवाहाक प्रमुख तिम्सिना, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, पाेखरा पर्यटन परिषद्का अध्यक्ष पाेम नारायण श्रेष्ठ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, सल्लाहकार विप्लव पौडेल, रेवान पोखराका अध्यक्ष
नरेश भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पोखरामा रहेका चिनियाँ व्यवसायी लगायतकाे सहभागीता रहेको थियो।

Related